नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मनास्लु हिमाल आरोहण गर्नेको घुइँचो

ओखलढुङ्गान्युज डटकम, भदौ २७, गोरखा

विश्वको आठौँ अग्लो हिमाल मनास्लु हिमाल आरोहण गर्न आरोहीहरुको घुइँचो लाग्न थालेको छ । हिमाल आरोहरको सिजन सुरुभएसगै हिमाल आरोहीहरुको भिड बढेको मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाले जनाएको छ ।

 विश्वको आठौ उच्च शिखरको रुपमा रहेर किलर माउण्टेनको रुपमा परिचित ८ हजार एकसय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न यस वर्ष गएको वर्षहरु भन्दा धेरै आरोहीहरु आएको आयोजनाका प्रमुख नरेन्द्र लामाले जानकारी दिए।

मनास्लु आरोहण गर्नेहरुको  तथ्यांक यती नै भनेर यकिन नभएपनि विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै आरोहीहरु मनास्लु चढ्न आएका बताईएको छ । अधिकांश हिमाल आरोहीहरु हेलीकोप्टर चार्टर गरेर सामागाउँमा झरेर जाने गरेका छन् । आरोहीहरु धेरै भएपछि सामागाउँ, साम्दोमा रहेको होटलहरु समेत यतीखेर भरिभराउ भएको छ । होटल व्यबसायीहरुलाई यतीखेर भ्याईनभ्याई छ ।

एक हप्ता जति हुन लाग्यो यहाँका कुनै होटल खाली छैन, वडा अध्यक्षसमेत रहेका लामा भन्छन् ‘माथि बेसक्याम्पमा पनि उत्तिकै भीड छ । आरोहीहरु अझै आउने खबर आएको छ । होटल बुकिङ भइरहेको छ । यहाँका गाउँका यूवाहरुले पनि काम पाएको छ ।

भीमथाङको हुँदै लार्केपास गर्नेबाटो अप्ठ्यारो भएकोले हिमाल आरोहण गर्नेहरु अभ्यासका लागि सोबाटो प्रयोग गर्ने गर्छन । गोरखाका दुई महिला मनास्लु आरोहणको यात्रामा यस वर्ष विभिन्न देशका आरोहीहरुको साथमा गोरखाका दुई महिलाले पनि मनास्लु हिमाल आरोहणको यात्रा सुरु गरेका छन् ।

तिब्बती सिमामा रहेको छेकम्पारकी फुञ्जो लामा र आरुघाट गाउँपालिकाकी पूर्णिमा श्रेष्ठ मनास्लु आरोहण गर्न अहिले मनास्लु बेसक्याम्प पुगिसकेका छन् । फुञ्जोले यसअघि चोयुलगायत आठहजार मिटरभन्दा अग्ला हिमालहरुको सफल आरोहण गरिसकेकी छन् भने फोटो पत्रकारसमेत रहेकी  आरुघाटकी पूर्णिमा श्रेष्ठको पहिलो हिमाल आरोहण नै किलर माउण्टेन मनास्लु हो ।