नेपाली समय Loading...२०८२ आश्विन २८ मंगलवार

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटवल टोलीको घोषणा, अनिल अटाएनन्

ओखलढुङ्गान्युज डटकम, भदौ १८, काठमाडौं । ताजिकिस्तानबिरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली फुटवल टोलीको घोषणा गरेका हुन् ।

एएफसी एसियन कप २०१९ को छनौट चरण अन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मंगलबार होम म्याच खेल्नेछ । खेल एन्फा मैदान सातदोवाटोमा हुनेछ । शनिबार घोषणा गरिएको टिममा नियमित कप्तान अनिल गुरुङ अटाएका छैनन् । राष्ट्रिय टोलीबाट ४९ क्याप जितेका अनिल ५० क्यापको कोशेढुंगाबाट नजिक छन् ।

अनिलको स्थानमा नेपाल आर्मीका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् । त्यस्तै फिलिपिन्सबिरुद्ध रातो कार्ड पाएपछि ओमानसँगको खेलमा प्रतिबन्धमा परेका मिडफिल्डर बिक्रम लामा टिममा फर्किएका छन् । आदित्य चौधरी पनि पूर्ण फिट भएका छन् । डिफेण्डर मानबहादुर तामाङ र गोलरक्षक एलन न्यौपाने यसपटक टिममा स्थान बनाउन असफल रहे । न्यौपानेको स्थानमा बिशाल श्रेष्ठ टिममा समावेश छन् ।

घोषित नेपाली राष्ट्रिय टोलीमा
गोलरक्षकः किरणकुमार लिम्बु, बिशाल श्रेष्ठ र बिकेश कुथु

डिफेण्डरः बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ

मिडफिल्डरः सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ

स्ट्राइकरः बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास