नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जिल्ला प्रशासनको अगुवाईमा नगर सफाई अभियान, “प्रजिअ फोहोर टिप्ने, होटल व्यवसायी रमित हेर्ने”

ओखलढुङ्गान्युज डटकम, ओखलढुङ्गा भदौ १२ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले नगर सरसफाई अभियानलाई तिब्रता दिएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त ओखलढुङ्गा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आएपछि नगर सफाई अभियान सञ्चालन गर्नु भएको हो ।

ओखलढुङ्गामा प्रमुख जिल्ला अधिकारीको कुर्सी सम्हालेको केही दिन नवित्दै आफ्नै कार्यालय परिसरमा कार्यालयका सबै कर्मचारीहरुलाई सहभागी गराएर अभियान सुरुवात गर्नुभएको थियो । त्यही अभियान अन्तर्गत आज सिद्धिचरण नगरपालिकाको वडा नंं. ११ र १२ मा पर्ने हुलाक डाँडाटोल देखी गणेशचोक र हटियाक्षेत्र हुदै रमाईलोडाँडा क्षेत्रसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र सहायक प्रमुख जिल्ला अधिकरी राम प्रसाद ज्ञवालीको छुट्टाछुट्टै टोली बनाइ सञ्चालन गरिएको सरसफाई अभियान रमाईलोडाडामा पुगेर संयुक्त रुपमा सञ्चालन भएको थियो । अभियानमा नगरपालिकाका जनप्रतिनिधी, जिल्ला प्रशासनका कर्मचारी, सञ्चारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहभागिता थियो ।

राष्ट्रका सुरक्षाकर्मी सहित जिल्लाका प्रमुख, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा झण्डै ८० जनाको टोलीले बजार क्षेत्र सरसफाई गरिरहदा स्थानीय नागरिक तथा व्यबसायीहरु दर्शक झै रहेका थिए । स्थानीय नागरिक तथा पेशा व्यबसायीहरुको उपस्थिती कम हुनुमा सुचनाको अभाव भएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद ज्ञवालीले वताउनु भयो ।

सरसफाईको क्रममा आफ्नो घर निर्माणको क्रममा सडकमा थुपारेर राखिएको निर्माण सामाग्री र पसलका सामाग्रीहरुलाई व्यबस्थित गरेर राख्न प्रजिअ दाहालले निर्देशन दिनुभएको छ । निर्देशनलाई अवज्ञा गरेमा आवश्यक कार्वाही तुरुन्तै गर्न पनि प्रहरी प्रशासनलाई उहाँले निर्देशन दिनुभयो ।

सरसफाई कार्यक्रम पछिको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पन्तले सबै नागरिकहरु सचेत भएर लागेमात्र अभियान सफल बताउनु भयो । घर, टोल, बजारक्षेत्रको वरिपरि रहेको फोहोरका कारण सम्बन्धित स्थानको सौन्दर्य समेत कुरुप हुने बताउनुभयो । बजारको सौन्दर्यलाई कायम राख्न र रोगवाट बच्न सरसफाई अनिवार्य शर्त भएको बताउदै यो अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्न सधै अरुले नगरिदिने भएकोले नगरवासी आफै जागरुक बन्नुपर्ने पनि उहाँले वताउनुभयो ।

त्यस्तै नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले नगर सरसफाई गर्नु पर्ने काम नगरपालिकाको भएपनि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरसफाई सम्पन्न भएकोमा अभियानमा सरिक सबैलाई धन्यवाद दिनुभयो । साथै सरसफाई अभियानलाई नगरपालिकाले निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर सरसफाई अभियान तस्विरमा ः