नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

सेवा प्रदायक गैरसरकारी संस्था र नागरिक समाज विच जिल्ला स्तरिय सञ्जाल गठन

ओखलढुङ्गान्युज डटकम, ओखलढुङ्गा, भदौ १० ।
ओखलढुङ्गाका विपद् जोखिम न्युनिकरणका क्षेत्रका कार्यरत नागरिक समाजका संस्थाहरु सञ्जालमा आवद्ध भएका छन् । ओखलढुङ्गा जिल्लालाई कार्यक्षेत्र बनाई कार्यरत नागरिक समाजका संस्थाहरु विच अनुभवन आदन प्रदान गर्नुका साथै सिकाई, उपलब्धि र चूनौतीहरुको छलफल गर्दै सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउन सञ्जालमा आवद्ध भएका हुन् ।

सोच नेपालले सञ्चालन गर्दै आएको नागरिक समाज र पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत शनिवार आयोजित अन्तरक्रिया कार्यक्रम पश्चात सञ्जाल गठन गरिएको हो । जिल्ला सञ्जालको संयोजकमा गैह«सरकारी संस्था महासंघ ओखलढुङ्गाका अध्यक्ष सचना श्रेष्ठ चयन हुनु भएको छ भने जिल्लामा क्रियाशिल रहेका २५ भन्दा बढी नागरिक समाजका संस्था सञ्जालमा एकताबद्ध भएका छन् ।

सञ्जाल मार्फत विपद् जोखीम न्युनीकरण कार्य लगायतका लागि नागरिक समाजका संस्था मार्फत सञ्चालन हुदै आएका गतिविधिहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन लागि आवश्यक पैरवी गरिने संयोजक श्रेष्ठले वताउनुभयो ।

युएसआईडीको आर्थिक सहयोग, एफएचआई ३६० सँगको सहकार्यमा सोच नेपाल काठमाण्डौले ओखलढुङ्गा, गोर्खा लगायतका विभिन्न जिल्लाहरुमा पारस्परिक जवाफदेहिता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सञ्जाल गठन तस्वीरमा