नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आफ्नो कार्यालय आफै सफा राखौं अभियान ओखलढुंगामा सूरु

झाडु लिएर निस्किए सिडिओ

रामहरि श्रेष्ठ ९ भदौ ओखलढुंगा ।

आफ्नो कार्यालय आफै सफा राखौं अभियान ओखलढुंगामा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आफ्नो कार्यालय आफै सफा राखौं अभियान सुरु भएको हो।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय परिसर सरसफाईबाट अभियानको सुरुवात गरिएको सहायक प्रजिअ तथा कार्यलयका सुचना अधिकारी राम प्रसाद ज्ञावलीले बताउनुभयो । अब ओखलढुंगाका हरेक सरकारी कार्यलयहरुले प्रत्येक हप्ताको शुक्रबार करिब १५ मिनेटको समय निकालेर कार्यलय परिसर सरसफाई गर्ने भएका छन् । 

यसको सुरुवात जिल्ला प्रशासन कार्यलयबाट भएको प्रजिअ पन्तले बताउनुभयो । कार्यलय वरपरका वातावरण स्वच्छ सफा तथा हराभरा राख्ने हेतुले हरेक हप्ता सरसफाई गरिने प्रजिअ पन्तको भनाई छ ।

उहाँले अब जिल्लाका रहेक सरकारी कार्यलयहरुलाई प्रत्येक हप्ताको शुक्रबार १५ मिनेटको समय निकालेर आफ्नो कार्यलय परिसर सरसफाई गर्न निर्देशन दिने बतनुभयो ।