नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

भदौ ५, ०७४ भित्र १८ वर्ष पुगेकाले प्रदेश र संसदको चुनावमा भोट हाल्न पाउने

ओखलढुङ्गान्युज डटकम, काठमाण्डौ भदौ ९ ।
२०७४ भदौ पाँच गतेभित्र १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम लेखाएका मतदाताहरुले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागिहुने निर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले मतदाताका लागि १८ वर्षको मिति तय गरेको हो । बिहीबार बसेको निर्वाचन आयोगको बैठकले सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको दिन भदौ ५ गते नै मतदाताको उमेर १८ वर्ष पुगेको हुनुपर्ने निर्णय गरेको हो ।

‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको हो,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि निर्वाचन आयोगले ०७४ साल भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम संकलनरदर्ता भएका व्यक्तिहरूको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुर गर्ने निर्णयसमेत गरेको छ । सरकारले आगामी मंसिर १० गते एकैदिन एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउने निर्णय गरेको छ ।