नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

नेपालमा दुई जिल्ला थपियो अब जिल्लाको संख्या ७५ वाट ७७

ओखलढुङ्गान्युज डटकम,
काठमाण्डौ भदौ ९ ।
नेपालमा ७५ जिल्लावाट जिल्लाको संख्या बढेर ७७ भएको पुगेको छ । निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई(दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरे सगै जिल्लाको संख्या बढेर ७७ पुगेको हो ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग(अलग जिल्ला समन्वय समिति रहनेछन् ।यसैगरी रुकुम जिल्लाको पूर्वी भाग पाँच नम्बर प्रदेशमा र पश्चिम भाग ६ नम्बर प्रदेशमा पर्दछन् । त्यसैले रुकुममा पनि दुई जिल्ला समन्वय समिति रहने निर्वाचन आयोगले जनाएको छ ।


रुकुम र नवलपरासीमा दुई(दुईवटा गरी जम्मा चार जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय निर्वाचन आयोगले गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । जिल्ला समन्वय समितिको निर्वाचन गर्नका लागि चारजना जिल्ला न्यायाधीशहरूको नामावली उपलब्ध गराउन कानून मन्त्रालयलाई भनिएको उनले बताए ।नवलपरासी र रुकुम जिल्लाहरूमा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न पनि स्थानीय विकास मन्त्रालयलाई भनिएको छ ।

यसैगरी चितवन जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा कार्यरत जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेलाई नै थप जिम्मेवारी दिइएको आयोगले जनाएको छ । निर्वाचन कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचन गराउने भनेर तयारी थालेपछि दुई जिल्ला थपिए पनि ति जिल्लाहरुको नामको भने अहिले सम्म टुङ्गो लगाएको छैन ।