नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा भाईरल ज्वरोको प्रकोप बढ्यो

ओखलढुङ्गान्युज डटकम, भदौ ७ ।
ओखलढुंगामा केहि दिन यता भाइरल रोगको प्रकोप बढेको छ । मौसमको परिवर्तन सगै केहि दिन यता जिल्लामा रुघा, खोकि र भाइरल ज्वरोको प्रकोप बढेको छ । केहि समय अघिको बर्षाका कारण जिल्लामा रुघा, खोकि, ज्वरो, निमोनिया, टाइफाइड तथा झाडापाखालाको प्रकोप बढेको जिल्ला स्वास्थ्य कार्यालयले ओखलढुंगाले जनाएको छ ।

बर्षाको समयमा दुषित पानी पिउनु, सरसफाइमा ध्यान नदिनु र फोहर तथा बासी, सडेगलेका खानेकुरा खानाले यस्ता खालका रोगका संक्रमण फैलिने ओखलढुंगा सामुदायिक अस्पतालका डाक्टर केशव शर्माले बताए । उहाँका अनुसार अस्पतालमा दैनिक १० देखी १५ जना सम्म रुघा, खोकि र भाइरल ज्वरोका बिरामीहरु आउने गरेका छन् । बिशेष गरी बालबालीका तथा किशोर किशोरीहरुमा यस्ता खालका प्रकोप बढी मात्रामा देखीने गरेको डाक्टर शर्माको भनाई छ ।

यता जिल्ला अस्पताल रुम्जाटारमा पनि अन्य बिरामीहरुको तुलनामा भाइरल ज्वरो रुघा, खोकि, निमोनिया लगायतका बिरामीहरुको संख्या बढ्दो रहेको अस्पतालले जनाएको छ । यो समयमा भाइरल रोगको संक्रमण बढ्न सक्ने भएकोले सरफाइमा बिशेष ध्यान दिन तथा उमालेर सेलाएको पानि पिउन र दैनिक ब्याम गर्न तथा जाँड रक्सीको सेवन कम गर्र्न अस्पतालका डाक्टर रमेश खतिवडाले सुझाब दिए ।