नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जिल्ला प्रशासन ओखलढुङ्गामा हेल्पडेस्क सञ्चालन

वि.एन. श्रेष्ठ, ओखलढुङ्गा भदौ ७ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा नया प्रमुख जिल्ला अधिकारी आउनसाथ हेल्प डेस्कको स्थापना गरिएको छ । सेवाका लागि कार्यालयमा आईपुग्ने नागरिकहरुलाई प्रभावकारी ढंगले सेवा प्राप्त गर्न सहजता महशुस बनोस भन्ने उद्देश्यले हेल्पडेस्क सञ्चालन गरिएको हो ।

यही भदौ महिना देखी हेलपडेस्क सञ्चालन गरिएको हो । हेल्पडेस्कमा नागरिकहरुका लागि सेवा लिन थप सहजता पुगोस भनेर एक महिला र एक पुरुष गरि दुईजना छुट्टै कर्मचारीको समेत व्यबस्था गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

हेल्पडेस्क नजिकै कार्यालयमा कामका लागी आउने सेवाग्राहीहरुलाई सेवा लिने क्रममा प्रतिक्षा गर्दा दिग्दारी महशुस नहोस भनेर एक एलसीडी टेलिभिजनको पनि व्यबस्था गरिएको छ । चाडै नै जिल्ला प्रशासन कार्यालय परिसरमा ३६ ईञ्चको डिस्प्ले बोर्डमा अडियो सहितको नागरिक वडापत्रको व्यबस्था गर्ने तयारी थालिएको छ । लिखित नागरिक वडापत्रले मात्रै सेवाग्राहीहरुलाई सेवालिन असहज भएकोले हेल्पडेस्क सञ्चालन सगै अडियो नागरिक वडापत्रको व्यबस्था गर्न लागिएको पनि ज्ञवालीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा सञ्चालनमा रहेको विद्युतीय हाजिर मेशीनलाई परिमार्जित गर्दै तिहारपछिवाट जिल्ला प्रशासन कार्यालयमा कागजमुक्त कर्मचारी हाजिरी प्रणाली लागुगर्ने तयारी पनि गरिएको छ । दशैं पछाडीवाट जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुमा समेत विद्युतिय कर्मचारी हाजिर प्रणालीका व्यबस्था गर्न प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले निर्देशन समेत दिनुभएको छ ।

प्रशासन कार्यालयमा सोधपुछ कक्ष स्थापना भएसगै जिल्ला प्रशासन कार्यालयवाट उपलब्ध गराईने सेवाको बारेमा चाहिने निवेदनकने ढाचा समेत निशुल्क उपलब्ध गराईन थालिएको छ । प्रशासन कार्यालयमा आवश्यक पर्ने ३० प्रकारका निवेदनहरुको ढाचा समेत कार्यालयवाट निशुल्क रुपमा नागरिकहरुलाई दिईन थालिएको छ ।

निवर्तमान प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जिल्ला प्रशासन कार्यालयमा गरेकाे केही नयाँ कार्यको थालनी नया प्रमुख जिल्ला अधिकारी पन्त आएसगै त्यसको कार्यान्वयन हुन थालेको हो ।