नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

पत्रकार महासंघको अध्यक्षमा स‌युक्त प्यानलका गोविन्द आचार्य विजयी

अाेखलढुङ्गान्युज डटकम, काठमाडौं भदौ ६ ।

नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस सेन्टर र प्रेस युनियनसहितको गठबन्धनका उम्मेदवार गोविन्द आचार्य निर्वाचित भएका छन् । महासंघको २५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सेन्टरका आचार्य पदाधिकारीमा समेत आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारसहित विजयी भएका हुन् ।

आचार्यले प्रेस चौतारीका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई १ सय ५ मतले पराजित गरे । आचार्यले ७३२ मत पाउँदा कोइरालाले ६२७ मत ल्याए। यस्तै उपाध्यक्षमा खुलातर्फ युनियनका विपुल पोखरेल तथा समावेशीतर्फ युनियनकै दिलिप थापा मगर विजयी भए ।

महासचिवमा युनियनका रमेश विष्ट र सचिवहरुमा खुलातर्फ युनियनका रामप्रसाद दाहाल, महिलातर्फ सेन्टरकी लक्ष्मी पुन तथा आदिवासी(जनजाति र मधेसीतर्फ सोही प्यानलका उदय जीएम र शीतलप्रसाद महतो विजयी भए । यस्तै कोषाध्यक्षमा आचार्य प्यानलकै राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी विजयी भए ।

यसपटक सत्तारुढ दलहरु कांग्रेस निकट युनियन र माओवादी केन्द्र निकट सेन्टरले गठबन्धन बनाएका थिए । चौतारी भने एमाले निकट संगठन हो । यससँगै चौतारी र सेन्टरको दुई कार्यकाल लामो सहकार्यमा ब्रेक लागेको छ ।

प्रदेशबाट विजयी केन्द्रीय सदस्यहरु

प्रदेश नम्बर १  सटेन्द्र जबेगु (चौतारी) 

                       उद्धव तिमिल्सिना (युनियन)

प्रदेश नम्बर २ देवराम यादव (सेन्टर)

                       शैलेन्द्र झा (युनियन)

प्रदेश नम्बर ३ द्वारिका काफ्ले (चौतारी)

                        कृष्ण गिरी (चौतारी)

प्रदेश नम्बर ४ रामकृष्ण ज्ञवाली (चौतारी)

                          नवीन कुइँकेल (सेन्टर)

प्रदेश नम्बर ५ बसन्त गिरी (सेन्टर)

                       पुरुषोत्तम सुवेदी (युनियन)

प्रदेश नम्बर ६ कलेन्द्र सेजवाल (युनियन)

                      पुर्ण प्रसाद चौलागाईं (सेन्टर)

प्रदेश नम्बर ७ मीन बम (युनियन)

                    उत्तर विष्ट (चौतारी) र श्याम भट्ट (सेन्टर) ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका लेखनाथ न्यौपाने (सेन्टर)

                               गोविन्द चौलागाईं (चौतारी)

प्रतिष्ठान तर्फ टिकाराम प्रधान (सेन्टर)

                      यम बिरही (युनियन)