नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सचिवमा बशन्तको उमेद्वारी घोषणा

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा ओखलढुङ्गावाट ८ जना प्रतिनिधी

ओखलढुङ्गान्युज डटकम
ओखलढुङ्गा, भदौ ५ ।
अखिल क्रान्तिकारी ओखलढुङ्गाले एकतापछिको २१औं राष्ट्रिय सम्मेलनका लागि जिल्ला प्रतिनिधीहरुको टुङ्गो लगाएका छ । राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठनका लागि एकताको २१ औ सम्मेलन भन्ने मूलनाराका साथ हुनलागेको राष्ट्रिय सम्मेलनका लागि जिल्ला प्रतिनिधिहरुको चयन गरेको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी जिल्ला समिती ओखलढुङ्गाको केही दिन अगाडी बसेको जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय सम्मेलनमा सहभागी हुन छनौट भएका प्रतिनिधीहरुमा कृष्ण प्रसाद खतिवडा, यम कुमार आलेमगर, ज्ञानु कटुवाल, भिममाया विशंखे, चम्बु फुयाल, काशीराम भट्टराई, कल्पना धमला, मनोज पौडेल रहेका छन् ।

ओखलढुङ्गावाट ४ जना आयोजक समितिका सदस्य र ८ जना जिल्ला प्रतिनिधी सहित १२ जनाले राष्ट्रिय सम्मेलनमा सहभागीता जनाउदै छन् । ओखलढुङ्गावाट प्रतिनिधी रहेका तथा राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिव समेत रहेका बशन्त कटवालले यसपटको २१ राष्ट्रिय सम्मेलनमा सचिव पदमा उमेदवारीको घोषणा समेत गरेका छन् । सम्मेलन भदौ ७ देखी ११ गते सम्म काठमाण्डौंमा हुनेछ ।