नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

तराइ डुवानकाे असर-ओखलढुंगामा तरकारीको मुल्य आकासीयो

ओखलढुङ्गान्युज डटकम, ओखलढुंगा भदौ ५ ।
ओखलढुंगामा तरकारी तथा फलफुलको मुल्य आकासिएको छ । अविरल वर्षा पछि तराईमा भएको डुवानका कारण ओखलढुंगामा तरकारीको मुल्य आकासीएको हो । साउन २५ देखीको अबिरल वर्षाका कारण तराई डुबान भए पछि तराईबाट ओखलढुङ्गा सदरमुकाममा कम मात्रामा मात्रै तरकारी भित्रिएका छन् ।

तराईवाट तरकारी कममात्रामा भित्रिएको र जिल्लाका तरकारी उत्पादनहुने गाउमा पानी र रोग किराका कारण सदरमुकाममा आउने तरकारीको मात्रा कम भएपछि तरकारी तथा फलफुलको मुल्य उच्च भएको हो ।

तराईमा भएको डुवानका कारण देखाई स्थानीय तरकारीको समेत भाउ आकासीएको होटल ब्यवसाय समेत सञ्चालन गर्दै आउनु भएकी स्थानीय एवम् होटल व्यबसायी कमला कटुवाल बताउनुहुन्छ । “अघिल्ला हप्ताहरुमा ४० रुपैंयामा पाईने प्याज ८० देखी १०० रुपैंया, ६० रुपैयाको टमटर १२० रुपैंया सम्म बिक्री भएको छ, स्थानीयले उत्पादन गरेको तरकारीको मुल्य पनि छोई नसक्नु भएको उनको भनाई छ ।” कटवालको गुनासो छ ।

ओखलढुंगा तरकारीमा अझै आत्मनिर्भर नहुदा तराई बन्द हँुदा होस तराईमा बिपती हँुदा यहाँ तरकारीको भाउ आकासीनु नौलौ भने होईन । जिल्ला आलु उत्पादनमा भने आत्मनिर्भर भएपनि यहा उत्पादन भमएको आलु बारीबाटै ठेकदार मार्फत सिधै काठमाण्डौ निर्यात हुन्छ । यही कारण सदरमुकाममा भने आलु तराईका जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

सदरमुकाम क्षेत्रमा शनिवार र ुधवार गरी हप्तामा दुई पटक हाटबजार लाग्छ । सदरमुकाममा लाग्ने हाटबजारमा तराईबाट तरकारी नआउँदा लोकल आलु प्रति केजी ५० देखी ६० रुपैयाँमा बिक्री हुन लागेको छ भने तितेकरेला प्रति केजी १२० सम्ममा । साग तथा निगुरो प्रतिमुठा ३० रुपैया सम्म पुगेको छ ।

सिद्धिचरण नगरपालीका वडा नं ७ बिगुटारमा ब्यबसायीक तरकारी खेती गर्दै हरेक हटियामा तरकारी बिक्री गर्दै आउनुभएकी सुमी शेर्पा भन्नुहुन्छ –“ तराईको डुवान पछि तरकारीको भाउ राम्रो आएको छ । तराई डुवाएकोमा खुशी चाही हैन । यदी तराई बाट तरकारी नभित्रीने हो भने यहाँको बजारलाई पुग्ने तरकारी यही जिल्ला भित्र नै उत्पादन हुन सक्छ ।” तर जब तराईवाट तरकारीहरु आउन थाल्छन् आफुहरले उत्पादन गरेको तरकारीले मुल्य पाउदैन । तरकारी उत्पादनमा गरेको लगानी पनि उठ्दैन, शेर्पाको गुनासो छ ।

तराईको डुवान पछि ओखलढुंगामा स्याउ, केरा, अंगुर, लिची, आँप, लगाएतका फलफुलहरुको मुल्यत झन छोई नसक्नु भएको छ । १५० देखी २०० सम्म बिक्री हुने स्याउ अहिले २ सय देखी ३ सयमा बिक्री भईरहेको छ । तिज लगाएतका चाडबाडहरुमा फलफुलको उच्च माग भएपनि अहिलेको तिजमा फलफुलको आबश्यकता पुरा गर्न नसकीने सदरमुकाममा फलफुल ब्यापार गर्दै आएका फलफुल ब्यापारीको भनाई छ ।