नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

लिभरपुलको जित, आर्सनल स्टोकसँग हार्‍यो

काठमाडौं, भदौ ४ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले अप्रत्यासित हार व्यहोरेको छ । शनिबार भएको खेलमा आर्सनल स्टोक सिटीसँग १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा ४७ औं मिनेटमा जेस रोड्रिग्वेजले गरेको गोलले नै स्टोकको जितमा निर्णायक बन्यो ।आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आफ्नो टोलीले गरेको एक गोललाई अस्वीकार गरेको र पेनाल्टी नदिएको गुनासो गरेका छन् । अर्को खेलमा साडिओ मानेले गोल गरेपछि लिभपुरलले लिगमा पहिलो जित हात पारेको छ ।

शनिबार राति एन्फिल्डमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । फिलिप काउटिन्होको अनुपस्थिति रहेको खेलमा लिभरपुलका लागि विजयी गोल मानेले ७३ औं मिनेटमा गरेका थिए ।