नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

निर्वाचन आयोगका कर्मचारी र एमालेका नेता पक्राउ

काठमाण्डौ, भदौ ४ ।

नेकपा एमाले नेताको घरमा बुढानीलकण्ठ नगरपालिकाको मिलेमतोमा मध्यरातमा तस्बिरसहितको मतदाता नामावली संकलन गरिएको खुलेको छ । त्यसबारेमा स्थानीय बासीले बिरोध गरेपछि प्रहरीले फोटोसहितको मतदाता नामावली संकलन कार्यमा खटिएका कर्मचारी सहित एमालेका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय साउन ३२ मा सम्पन्न भएको थियो । तराईमा आएको बाढि र मतादाताहरुको उत्साहपुर्ण सहभागीता हुदै गर्दा केही छुट्न पनि सक्ने भएकोले निर्वाचन आयाृगले शनिबार अर्थात भदौ ३ सम्मलाई म्याद थप गरेको थियो । तर, शनिवार मध्यरातमा एमाले नेताको घरमा निर्वाचन कार्यालयका कर्मचारी ल्यापटपसहित नामावली संकलन गर्ने उपकरणसहित पक्राउ परेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि आकृत खत्रीलाई बुढानीलकण्ठ नगरपालिकामा खटाएको थियो । उनलाई यही कामका लागि स्थानीय तहको सिफारिसमा करारमा लिइएको हो । बाँकी कर्मचारी स्थानीय तहले व्यवस्थापन गरेको थियो । र, दुई टोली बनाएर तस्बिरसहितको मतदाता नामावली संकलन भयो । तर, खत्रीलाई हातमा लिएर एमाले नेताहरुले रातारात आ–आफ्नो घरमै नाम संकलन गर्ने गरेको खुलासा भएको हो ।

खत्री एमाले नेता अर्जुन खत्रीको भतिजा भएको पनि खुलेको छ । उनलाई प्रयोग गरेर एमाले नेताहरुले आफ्ना समर्थकहरुलाई घरमै नाम लेखाउने व्यवस्था मिलाएका हुन् । तस्बिरसहितको मतदाता नामावलीमा नाम लेखाउन समय सकिएपछि पनि उनीहरुले उक्त काम जारी राखे ।त्यसका लागि एमालेका बुढानीलकण्ठ नगरपालिका प्रमुख दिपक निरौलाको घरलाई अड्डा बनाइएको थियो । शनिबार त्यसबारे जानकारी पाएपछि स्थानीय बासिन्दाले विरोध गरे ।

प्रहरीले निरौला र खत्रीसँगै बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ । पक्राउ गरे सगै निर्वाचन आयोगका कर्मचारीबाट ल्यापटपसहित मतदाता नामावली संकलन गर्ने सामग्री बरामद गरेको महाराजगञ्ज वृत्तका डीएसपी गोविन्द पुरीले जानकारी दिनुभयो । काठमाडौंका जिल्ला निर्वाचन अधिकृत चन्द्र गौतमले घटना दुःखद भएको बताएका छन् ।