नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगा सहित १ सय ९० डिएसपीको सरुवा (हेर्नुस को काहाँ)

रामहरि श्रेष्ठ १ भाद्र ओखढुंगा
नेपाल प्रहरीको हेडक्वार्टरले ओखलढुंगा सहित १ सय ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ। जस अनुसार ओखलढुंगा प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यलय जनसम्र्पक शाखाबाट अर्जुन प्रसाद तिमिल्सीना आउनु हुने भएको छ ।

त्यस्तै ओखलढुंगाका प्रहरी प्रमुख मिलन केसी प्रहरी प्रधान कार्यलय पाठ्यसामाग्री शाखा काठमाण्डौमा सरुवा हुनु भएको छ । केही जिल्लाका प्रमुख र महानगरीय प्रहरी वृत्तहरुमा डिएसपी प्रमुख रहने गरेका छन्।

भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा भएको जनाईएको छ ।त्यस्तै गत साउन १९ गते इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएका ९३ जनाको पनि पदस्थापन भएको बताईएको छ ।

को काहाँ याहाँ Dysp-sruwa-2074-04-32  हेर्नुहोस