नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

अस्थायी शिक्षकको परीक्षा एक साता पछि मात्रै हुने

 

काठमाडौं, साउन ३१ ।
शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा एक साता पछि सरेको छ । केही समय अगाडी शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको लागि अबसर स्वरुप भदौ ३ गतेलाई परीक्षा मिति तोकेको थियो ।

उत्तः परीक्षा अब भदौ १० गते हुने गरी एक साता पछि सरेको शिक्षक सेवा आयोगले जनाएको छ । बाढी पहिरोको कारण आवत जावत गर्न समस्या परेको भन्दै आयोगले परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षा केन्द्र र समय भने यथावत राखिएको छ ।

अस्थायी शिक्षकहरु परीक्षा मिति सार्नुपर्ने र शिक्षा ऐन संशोधन गर्नुपर्ने माग राख्दै दुई सातादेखि आमरण अनसनमा छन् । तर, आयोगले जारी गरेको सूचनामा भने शिक्षकहरुको अनसनको विषयलाई पनि कतै उल्लेख गरिएको छैन ।

यसैबीच आयोगका अध्यक्ष र सदस्यहरुले पाच दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको सूचनामा उल्लेख छ । गत एक हप्ता अगाडी देखी पूर्वी नेपालका तराईका क्षेत्रमा आएको भिषण वर्ष पछाडीको बाढिले लाखौ विस्तापित, करोडौको घनको क्षति सगै झण्डै सय जनाको मृत्यु भएको छ ।

शिक्षक सेवा अायाेगकाे विज्ञप्ती