नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

प्रजिअ दाहालको बिदाई,कार्यसफलताको शुभकामना (फोटोसहित)

रामहरि श्रेष्ठ ,साउन  २७, ओखलढुंगा
कर्मचारी मिलन केन्द्र ओखलढुंगाले प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाललाई बिदाई गरेको छ । यसअघि जिल्लाको प्रजिअ रहेका दाहाल जिल्ला प्रशासन कालर्यलय महोत्तरीमा सरुवा भएसंगै केन्द्रले बिदाई गरेको हो । जिल्ला प्रशासन कार्यलयमा भएको एक कार्यक्रमका बिच उहाँलाई सम्मान तथा कार्य सफलताको शुभकामना ब्यक्त गर्दै बिदाई गरिएको केन्द्रले जनाएको छ । प्रजिअ दाहाल ओखलढुंगामा २०७३ मंसिर २६ गते आउनु भएको थियो । उहाँको सरुवा भएसंगै अब ओखलढुंगा प्रजिअमा जनकराज पन्त आउने भएका छन् । यसअघि जिल्ला प्रशासन कार्यलय बाँकेका सहायक प्रजिअ रहेका पन्त ओखलढुंगामा प्रजिअ भएर आउन लगेका हुन् ।