नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुंगा सहित ३१ जिल्लाका सीडीओको सरुवा(हेर्नुस् को काहाँ)

रामहरि श्रेष्ठ २६ साउन ओखलढुंगा
गृह मन्त्रालयले ओखलढुंगा सहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जस अनुसार ओखलढुंगाको प्रजिअमा जनकराज पन्त आउने भएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यलय बाँकेका सहायक प्रजिअ रहेका पन्तलाई ओखलढुंगा पाईएको हो । हाल ओखलढुंगा जिल्लाको प्रजिअ रहेका फडिन्द्र दाहाल भने जिल्ला प्रशासन कालर्यलय महोत्तरी पुगेका छन् । नयाँ सरकारमा जनार्दन शर्मा गृहमन्त्री भएपछि सीडीओ सरुवा भएको यो पहिलोपटक हो ।

गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जना प्रजिअलाई काजमा सरुवा गरेको छ ।

को काहाँ हेर्नलाई याहाँ   CDO list  थिच्नुहोस्