नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

भरतपुरमा देवी र रेणु बीचको मतअन्तर चार

चितवन, साउन २१ ।
चितवनका भरतपुरमा जारी मतगणनामा एमालेका मेयरका एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादीकी उम्मेद्वार रेणु दाहाल मतान्तर ४ मा झरेको छ । देवीको माओवादीकी उम्मेद्वार रेणु दाहालसँगको मतान्तर अहिले ४ मतमा झरेको हो ।

वडा नम्बर २० को १६ सय मत गणना हुँदा देवीले ४२ हजार ४१८ मत पाएका छन् भने रेणुले ४२ हजार ४१४ मत पाएकी छिन् । वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता अोरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ४ मतले मात्रै अघि छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन बैशाख ३१मा भएको भरतपुरको चुनावपछि मतगणनाका क्रममा मतगणना स्थलमा राजनितीक दलका प्रतिनिधीले १९ नम्बर वडाकाे मतपत्र च्यातेपछि फेरि मतदान गरेर मतगणना भइरहेको हो । अब २० नम्बर वडाको करिब १७ सय मत गन्न मात्रै बाँकी छ ।