नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बर्षाको समय जताजतै पहिरो : भुकम्प प्रभाबितको बिजोग

बन्दै गरेको घर कतै पुरियो,कतै भत्कियो

रामहरि श्रेष्ठ , ओखलढुंगा, साउन २१ ।
निरन्तरको बर्षाका कारण पहिरो जदाँ ओखलढुंगाका भुकम्प प्रभाबितहरुको बिचल्ली भएको छ । भुकम्प प्रतिरोधी घर निमार्ण गरिरहेका पिडितहरुलाई पहिरोले घर पुरिने तथा बगाउने गरेपछि थप पिडित बनाएको हो । २०७२ सालको भुकम्पले जमिन छियाछिया बनाएको बस्तीमै पुननिमार्ण सुरु गरेका उनिहरुले पानी परे संगैको पहिरोले घर बगाउने तथा पुरिने गरेको भन्दै चिन्तित भएका छन् ।

जिल्लाको मोलुङ गाउपालिका वडा नम्बर ७ स्थित भुसुने डाँडामा पहिरोका कारण ४ घर परिवार प्रभाबित भएका छन् । सरकारको निर्देशन अनुसार भुकम्प प्रतिरोधी घर बनाईरहेका स्थानिय बल बहादुर पहरी,टेक बहादुर पहरी र सिता अधिकारीको घर माथिबाट खसेको पहिरोले बन्दै गरेको घर पुरेको छ । पहिरोले बल बहादुर र टेक बहादुरको पुरै घर पुरेको छ भने सिता अधिकारीको दुई कोठा पुरेको स्थानिय ज्वती तामाङले जानकारी दिनुभयो ।

त्यस्तै घर मुनिबाट पहिरो जादाँ सोहि स्थानका टेक बहादुर तामाङको घरको जग सहित बगाएको तामाङको भनाई छ । यस अघि त्यस ठाँउका सर्बसाधारणलाई बस्ती सारीदिने सरकारले बताएको भएपनि कार्यन्वयन भने नभएको तामाङको भनाई छ । अहिले त्याहाँका प्रभाबितहरु टहरोमा बस्दै आएका छन् । यस्तै खिजिदेम्बा गाउपालिकामा पनि पानीसंगैको पहिरोले पुननिमार्ण प्रभाबित भएको छ ।

भुकम्पले थिलथिलो बनाएको जमिनमा पानी परेसंगै पहिरो जान थालेको स्थानिय मिलन सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानियले बनाउदै गरेका घर बरिपरि पहिरो गएर समस्या भएको छ । पहिरोले घर पुरिने तथा बगाउने गरेपछि सर्बसाधारण चिन्तित भएको उहाँको भनाई छ ।

त्यस्तै निरन्तरको बर्षाका कारण मोलुङ खोलामा पानीको सतह बढेकाले निमार्णधिन माथिल्लो मोलुङ हाईड्रो पावरको काम समेत प्रभावित भएको बताईएको छ ।