नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

भरतपुर १९ को मतगणना राती वाटै सुरु, दलका प्रतिनिधि तार जालीभित्र

 

चितवन, साउन २१ ।

भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना गए रातीवाटै सुरु भएको छ । कभर्ड हलमा चार समूह बनाएर गणना भइरहेको छ ।  चुनावमा भाग लिएका प्रत्येक पार्टीबाट चार/चार जना प्रतिनिधिलाई मतगणना स्थलमा बस्न दिइएको छ ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाईएको छ । मतगणनामा रहेका दलीय प्रतिनिधिको  पहुँच मतपत्रसम्म नपुगोस् भनेर तार जालीले बेरिएको छ । निगरानीका लागि मतगणनासथलमा सीसी टिभीको समेत व्यवस्था गरिएको छ ।

पहिलो चरणको निर्वाचन भएको चितवनमा मतगणनाको अन्तिम अन्तिम चरणमा जेठ १५ गते वडा नम्बर १९ को मतगणना हुँदा मतगणनामा सहभागी भएका दलका प्रतिनिधीले मतपत्र च्यातेपछि शुक्रबार पुनः सो वडामा मतदान गरिएको हो । मतदानमा २ हजार ८७० मत खसेको छ । वडा नम्बर २० को  पनि ३ हजार ३०२ मत गणना गर्न बाँकी छ । अन्तिम नतिजा शनिबार अपरान्हभित्रै सार्बजनिक हुने सक्ने अनुमान गरिएको छ ।

भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी/कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मतमात्रै छ । वडा नम्बर १८ को गणना सकिदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि छन् ।