नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

रोपाईको हिलो पखाल्न जादाँ सुनकोशी नदिले बगाएर एकजना बेपत्ता

रामहरि श्रेष्ठ ,अाेखलढुङ्गा, साउन २० ।

ओखलढुंगामा सुनकोशी नदीले बगाएर एक जना बेपत्ता भएका छन् । धान रोपेर नदिमा नुहाउन गएका मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका इन्द्रबहादुर सार्कीलाई नदिले बताएर बेपत्ता बनाएको हो ।

बिहिबार बेलुका रोपाई सकेर नदिमा नुहाउन पसेका सार्कीलाई एक्कासी नदिले बगाएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बेपत्ता सार्कीको प्रहरी र स्थानियले खोजीकार्य तिब्र बनाएका छन् । तर अझै सम्म फेला पार्न नसकेकाले जिबितै भेटिने सम्भवना कम रहेको प्रहरीले जनाएको छ ।

केहि दिनको निरन्तरको बर्षाका कारण सुनकोशी नदिमा पानीको बाहाब बढेको छ । जसले खोजीकार्यमा समेत कठिनाई भएको प्रहरीको भनाई छ । यस अघि पनि सुनकोशी नदिमा डुबेर ओखलढुंगा बलखुका एक बालकले ज्यान गुमाईसकेका छन् ।