नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

स्थानीय सरकार अधिकार सम्पन्न बनाइनुपर्छ ः अध्यक्ष प्याकुरेल

काठमाण्डौ, साउन १५ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराजप्याकुरेलले संविधानले संवैधानिकमान्यता दिएको स्थानीयतहको अधिकार कटौतिगर्ने षड्यन्त्र भइरहेको बताएका छन् । गुरु लुईटेल अध्ययन तथा विकास केन्द्रले लुईटेलको जन्मजयन्तीमा शनिवार काठमाण्डौमा आयोजना गरेको “समृद्ध राष्ट्र निर्माणमा स्थानीयतहको निर्वाचन २०७४” विषयक विचार गोष्ठीमा मुख्यवक्ताको रुपमाधारणा राख्दै अध्यक्ष प्याकुरेलले स्थानीय सरकार अधिकार सम्पन्न बनाइनु पर्ने बताएका हुन् ।

 विचार गोष्ठीमा आफ्ना धारणा राख्दै इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेल । तस्वीरः शिवप्रसाद ढुंगाना

मन्त्रालयले पत्राचार गरेर संविधान स्वायत्त राखेको स्थानीयतहको अधिकार कटौैैति गर्न थालेको उनको भनाइ छ । विधिको शासन र देशको समृद्धिमा लागि जनप्रतिनिधीले आफ्ना अधिकारबारे सचेत रहेर काम गर्नुपर्ने उनले बताए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्रजारी गर्दै संविधानप्रदत्त स्थानीयतहको अधिकार कटौति गरेर अपांग बनाउन खोजेको आरोप लगाए । संवैधानिक अधिकार र स्थानीय तहबाट उठेको राजश्वसमेत केन्द्रीकृत गरेर स्थानीयतहलाई अपांगबनाउन खोजेको प्याकुरेलको भनाइ छ । यस्तो अभियानमा भ्रष्टाचारी र कुशासन चलाउनेहरु लागेको प्याकुरेलले दावी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्ला समन्वय समितिका मातहत सुरक्षानिकाय रहनु पर्ने धारणा राखे । नागरिकले हरेक कामविधिले निर्धारण गरे अनुसार गर्न सरकारलाई जनादेश दिएको भन्दै निरंकुशता र प्राधिकारका विरुद्ध लड्न सधैं तयार रहेको पनि बताए । विधिको शासनकालागि लोकतन्त्र ल्याउन लडेका जनतालाई विधिकोशासन अनुभूति गर्न सरकारले कहिले दिने भन्दै प्रश्न गरे । विधिको शासन नभएका कारण नै सर्वोच्च अदालतले हत्याका दोषी सावित गरेकाहरु खुलेआम हिडिरहेको उनको भनाई छ । 

विचार गोष्ठीमाएमाले नेता योगेश भट्टराई, सांसदहरु रामहरि खतिवडा, शकुन्तला राजभण्डारी, राजपाका नेता मनिष सुमन र युवा संघका अध्यक्ष राजीव पहारी लगायतले गुरु लुईटेलको परिवारले न्याय पाउनुपर्र्ने माग गरे । तत्कालीन शिक्षकलुईटेललाई द्वन्द्वको क्रममा २०५९ साउनमा विद्रोही माओवादीले अपहरण गरी ओखलढुंगाको बरुणेश्वरमा हत्या गरेका थिए । सो मुद्दा जिल्ला अदालत ओखलढुंगामा मुल्तवीमा रहेको छ । सर्बोच्च अदालतले जगाउनआदेश दिएपनि अघि नबढेको पीडित परिवारका सदस्यले गुनासो गरेका छन् । यता माओवादीले भने द्वन्द्वका क्रममा घटेका घटनालाई मुद्दाका रुपमा विउताईएमा शान्ती सम्झौता भंग भई पुन द्वन्द्व सृजना हुने चेतावनी दिदै आएको छ ।