नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुंगामा फोटो सहितको मतदाता नामावली संकलन उत्साहाजनक (फोटोसहित)

यस कार्यक्रमबाट ५ हजार बढि मतदाता थपिने अनुमान

रामहरि श्रेष्ठ १५ श्रावण ओखलढुंगा
ओखलढुंगामा सञ्चालन भैरहेको फोटो सहितको मतदाता नामवली संकलनबाट जिल्लामा ५ हजार बढि मतदात थपिने अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यलयका अनुसार यस कार्यक्रममा नागरीकहरुको उत्साहाजनक सहभागीता रहेकाले ५ हजार बढि मतदाता थपिने अनुमान गरिएको हो ।

जिल्लामा हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा सहभागी हुन नपाएका तथा मतदाता नामावलीमा नाम नभएका नागरीकहरुले धमाधम फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराईरहेका छन् ।

गत साउन १ गते बाट सञ्चालन भैरहको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा १५ दिनको अवधिमा २५ सय बढिले आफ्नो नाम दर्ता गराईसकेका छन् । मतदाताहरुले भर्खर मात्र भोटको महत्व बुझेकाले नामावली दर्ता गराउनेहरुको उत्साहाजनक सहभागीता रहको सरोकारवालाको भनाई छ ।

अहिले जिल्ला निर्वाचन कार्यलयबाट मात्र भैरहको नामावली संकलनको काम भोलीबाट सबै गाउपालिका स्तरमा हुने भएको छ ।

निर्वाचन अयोगको निर्देशन अनुसार साउन १६ गतेबाट ३२ गते सम्म सबै गाउपालिकको केन्द्रबाट फोटो सहितको मतदाता नामावली संकलन हुनेछ । सोहि अनुसार गाउपालिका स्थरबाटै नामावली संकलनका लागी सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

हेर्नुहोस नामावली दार्त गराउनेको केहि झलक

नाम दर्ता गराउन लाईनमा

सडकमा पालो कुर्दै सर्बसाधारण

मलाई पनि हतारो छ