नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगामा ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यू

१२ श्रावन २०७४ ओखलढुंगा
ओखलढुंगाको सुनकोशी गाउपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । दुर्घटनामा सुनकोशी गाउँपालिका ५ मुलखर्कका अन्दाजी वर्ष ५२ का गर्जमान तामाङको मृत्यू भएको हो ।

मोलुङ खोलाबाट बालुका लिएर मुलखर्क तर्फ जाँदै गरेको ना ५ त ३८२८ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । साझ बालुवा बोकेर गाउँ फर्कँदै गरेको ट्याक्टर सुनकोशी गाउँपालिका ७ च्यानमको रयाले भन्ने ठाउँमा अनियन्त्रीत भएर दुर्घटनामा परेको बताईएको छ ।
दुर्घटनामा ज्यान गुमाउने तामाङ ट्याकटरमा सवार रहेका थिए ।

उनि ट्याक्टर व्यवसायि पनि रहेको बताईएको छ छ । ट्याक्टर चालक भने अहिले प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।