ओखलढुंगामा ट्राफिक प्रहरी द्धवारा एक बर्षमा २६ लाख बढि राजश्व संकलन
रामहरि श्रेष्ठ ५ साउन ०७४
जिल्ला ट्राफिक प्रहरी पोष्ट ओखलढुंगाले एक आर्थिक बर्षमा २६ लाख बढि राजश्व संकलन गर्न सफल भएको छ । कार्यलयले आर्थिक बर्ष २०७३–०७४ मा २६ लाख २६ हजार राजश्व संकलन गर्न सफल भएको हो ।
नियम बिपरीत संञ्चालीत बिभिन्न सवारीसाधनहरुबाट कारबाहि स्वरुप राजश्व संकलन गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी पोष्ट ओखलढुंगाले जनाएको छ । यस बर्ष ३ हजार ४ सय ९५ओटा सवारी साधन कारबाहिमा परेको कार्यलयको भनाई छ ।
जसमा सबैभन्दा धेरै ११ सय १० जिप कारबाहिमा परेको प्रहरी सहायक निरिक्षक भोज कुमार कट्टेलले बताउनुभयो । जसबाट ८ लाख २२ हजार ५ सय , ९ सय ४५ ओटा ट्रकबाट ८ लाख ३१ हजार,३ सय ९६ बसबाट ३ लाख १३ हजार ५ सय राजश्व संकलन भएको उहाँको भनाई छ ।
त्यस्तै २ सय ९८ ओटा ट्याकटरबाट १ लाख ९६ हजार र ७ सय ४६ ओटा मोटरसाईकलबाट ४ लाख ६३ हजार रुपौया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी पोष्ट ओखलढुंगाले जनाएको छ ।