नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुंगा प्रशासनको राजश्व रकम पोहोरको तुलनमा आधाले कम

रामहरि श्रेष्ठ ५ साउन ०७४
जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले पोहोरको तुलनामा यसबर्ष  आधा राजश्व रकम संकलन गरेको छ । आर्थिक बर्ष २०७२–०७३ मा ८० लाख २२ हजार १ सय १५ रुपौया संकलन गरेको कार्यलयले यस आर्थिक बर्ष २०७३–०७४ मा भने भन्डै आधाले घटेर ४२ लाख ६८ हजार ५ सय ५० रुपौया मात्र संकलन गर्न सफल भएको हो ।

कार्यलयले बिभिन्न शिर्षकमा उठाउदै आएको राजश्व रकम मध्ये सबै भन्दा धेरै संकलन हुने राहादानी बापतको रकममा कमी आएकाले राजश्व रकम घटेको कार्यलयका लेखापाल राजेन्द्र राईले बताउनुभयो । पोहोरको तुलनामा यस आर्थिक बर्षमा नागरीकहरुले यहाँबाट धेरै मात्रामा राहादानीका लागी सिफारीस लैजाने गरेकाले राजश्व घटेको उहाँको भनाई छ ।

बैदेशिक रोजगारीमा जान चाहाँने नागरिकहरुले छिटो सुबिधाका लागी जिल्ला प्रशासन कार्यलयबाट सिफारीस लिई काठमाण्डौबाट राहादानी दिने गरेका छन् । जसका कारण राहादानी बापतको राजश्व रकम पनि उनिहरुले काठमाण्डौमै तिर्ने गरेका छन् ।

यस आर्थिक बर्षमा कार्यलयले संकलन गरेको राजश्व रकम मध्ये सबै भन्दा बढि राहादानी बितरण बापत ४० लाख ९० हजार रुपौया संकलन भएको छ ।

त्यस्तै नयाँ सस्था दर्ता मार्फत १ लाख ३८ हजार ७ सय ५० ,दण्ड जरीवाना मार्फत ३२ हजार राजश्व रकम संकलन गरिएको छ । त्यस्तै हात हतियार नबिकरण बापत १ हजार र परीक्षा दस्तुर बापट ६ हजार ८ सय रुपौया संकलन भएको कार्यलयले जनाएको छ ।