उच्च अदातल विराटनगर अन्तर्गत अस्थाई इजलास ओखलढुङ्गामा अन्तरक्रिया
ओखलढुङ्गा, असार २९ ।
उच्च अदातल विराटनगर अन्तर्गत अस्थाई इजलास ओखलढुङ्गाले आज सञ्चारकर्मीहरु सग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । अन्तरक्रिया कार्यक्रम सगै अस्थाई ईजलासले आफ्नो ओखलढुङ्गामा स्थापना सगै करिब एक वर्षको अबधिमा सञ्चालन भएका लक्ष्य तथा प्रगतीहरुको समिक्षा पनि गरेको थियो ।
अस्थाई इजलास ओखलढुङ्गाका अनुसार उच्च अदालतमा गत असोज ४, २०७३ देखी हाल सम्म आठ सय मुद्धा दर्ता हुने अनुमान गरेको थियो भने ५६ दशमलब ७७ प्रतिशत मुद्धा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो । त्यसको अनुमानमा कम मुद्धा दर्ता भए सगै मुद्धा फछ्र्यौटको संख्या बृद्धि भएर दर्ता भएका कुल उजुरीहरु मध्ये ४ सय ४ अर्थात ६१ दशमलव ६७ प्रतिशत फछ्र्यौट भएको जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले सार्वजनिक चासोका विषयमा अदालतले गर्ने फैसलाहरुको विवरण आफुहरुले प्राप्त गर्नमा ढिलाई भएको बताएका थिए । त्यस्तै अदालतको निर्णयको प्रतिलिपी वा जानकारी पाउन व्यबहारीक कठिनाई भएको भन्दै त्यसलाई सहज हने वातावरण सृजना गरिदिन आग्रह गरेको थिए ।
पत्रकारहरुको गुनासोलाई सम्बोधन गर्दै उच्च अदालत विराटनगरका रजिष्ट्रार वेद प्रसाद उप्रेतीले विगतमा बुझाईमा केही समस्या हुदा त्यसो भएकोले अबका दिनमा पत्रकारहरुले सहजै सुचना प्राप्त गर्न सक्ने बताउनु भयो ।
अन्तरक्रियामा अस्थायी ईजलास ओखलढुङ्गाका न्यायधिस टेकराज नेपालले कहिले काही पत्रकारहरुले आदेशलाई फैसला भनेर समाचार लेख्ने गरेका छन्, त्यस विषयमा बुझेर मात्रै समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुभयो । “पत्रकारहरुले कहिलेकाही सूचना तथा समाचार सम्प्रेषण गर्दा आदेश र फैसला के हो भन्ने नबुझि समाचार सम्प्रेषण गर्छन् । त्यसले असर गर्दछ । थुनछेक, अन्तरिम आदेश, अन्तरकालीन आदेश के हो, त्यो बुझेर मात्रै समाचार सम्प्रेषण गरिदिनु होला ।” न्यायधिस नेपालले भन्नुभयो ।
अहिले अस्थायी ईजलास ओखलढुङ्गामा चार जना न्यायधिसको दरबन्दि रहेको भएपनि दुइ जना न्यायधिस मात्रै छन् । कर्मचारीको दरबन्दि पनि नभएको तथा काजमा आएका कर्मचारीहरुका कारण काम सम्पादन गर्नु पर्ने र उचित खालको भौतिक पूर्वाधार भएकोले कार्यालयवाट पाउने सेवा सुबिधा लिनका लागि सेवाग्राहीलाई भने समस्या हुने गरेको छ ।