नेपाली समय Loading...२०८१ चैत्र २८ बिहीबार

युएईमा खेलाडीलाई सम्मान

युएई, असार २४ ।  १२ औं नेशनल कराँते च्याम्पियनसिप २०१७ का विजयी खेलाडीहरुलाई युएईमा सम्मान गरिएको छ । कराँते र बुडोकन कराँते खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिद्वन्द्वीलाई हराउन सफल विजेता नेपाली खेलाडीहरुको हौसलाका निम्ति उक्त सम्मान गरिएको हो ।

एभरेस्ट यूएई मार्सल आर्ट एन्ड स्पोट्र्स क्लबको आयोजनामा उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुले सहभागिता जनाएर नेपालको इज्जत राखेकोमा युएईका लागि कार्यबाहक राजदूत नेत्र टण्डनले विजयी खेलाडीहरुलाई एक भव्य कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।

सम्मानित खेलाडहरुमा कराँतेतर्फ सुश्री किन्जेल श्रेष्ठ, तृतीकुमार भुषाल रहेका छन् । उनीहरु दुवैजनाले खेलमा प्रथम स्थान हासिल गरेका थिए ।

त्यसरी नै बोडोकन कप २०१७ विशिष्ट खेलाडीहरुमा यस वर्षको सर्वोत्कृष्ट कप विजेता विपिन श्रेठ, विजय तामाङ, लक्ष्मण मगर, विनोद राई, दिनेश सिंह ऐर, मिनराज चौधरी, पुष्प न्यौपाने, रामबहादुर लामा, उत्तम गुरुङ रहेका छन् ।

भलिबल खेलमा विजयी खेलाडीहरु कुन्दलबहादुर सिंह, श्याम गुरुङ, प्रेम भण्डारी, ईश्वर घामल, प्रताप खवास, प्रेम शाही, श्रीराज चौधरी, खुसी चौधरी, विष्णु पन्त, नरेश चन्द, ज्ञान मल्ल, डायमण्ड बस्नेत, झोम थापालाई पनि सोही कार्यक्रममा सम्मानित गरिएको थियो ।

जुडो खेलतर्फ विजयी कमल तामाङ, शारीरिक सुगठनमा तुलबहादुर श्रेष्ठ र क्रिकेट खेलमा अंकित श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

एथलेटिक्स खेलाडी रिवाज न्यौपाने, रेफ्री तथा प्रशिक्षक रवि शाही, वरिष्ट रेफ्री प्रेम श्रेष्ठ, बिशाल मगर, सुश्री शुस्मिता निरौला, प्रशिक्षक पूर्णभक्त लामा, पर्शुराम घिमिरे, र्फइ लामा, राजेश थिङ्ग क्लबका उपाधक्ष्य पवित्र भण्डारी, वरिष्ट सल्लाहकार सालिक सुवेदी, सल्लाहकारहरु प्रविनकाजी श्रेष्ठ, प्रशिक्षक हिरालाल श्रेष्ठ ,अफिसियल भानुभक्त पौडेल, मदन अधिकारी, योगी सिंह, शिवकुमार बास्तोलालाई पनि सोही कार्यक्रममा सम्मान गरियो ।

युएईका विभिन्न शहरमा फरकफरक समयमा आयोजित खेलहरुमा करिब आधा दर्जन राष्ट्रका खेलाडी माझ नेपाली खेलाडीले प्रतिस्पर्धा गरी विजयी हासिल गरी नेपालको इज्जत बढाएको भनी उक्त सम्मान गरिएको हो ।

कार्यक्रममा अतिथिका रुपमा नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएन युएईका सल्लाहकार तथा नेपाल विजेनेस काउन्सिलका कोषाध्यक्ष एकेन्ऽबहादुर थापा, पत्रकार महासंघ अध्यक्ष भूपराज बस्यालको उपस्थिति रहेको थियो ।