ओखलढुंगाको सिनपा ११ का जनप्रतिनिधि द्धवारा कार्यभार ग्रहण
रामहरि श्रेष्ठ २२ असार ओखलढुंगा
ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ११ का जनप्रतिनिधिहरुले कार्यभार सम्हालेका छन् । नगरपालिकाको कार्यलयमा आज भएको एक कार्यक्रममा उनिहरुले कार्यभार सम्हालेका हुन् ।
कार्यलयका कार्यकारी अधिकृत रोशनीदेबी कार्कीले सिनपा ११ का वडा प्रमुख बिनोद कुमार केसी लगाएतका प्यानलाई स्वागत गर्नुहुदै आगामी कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । “उहाँले भन्नुभयो नाम जस्तै बिनोद भएर जनताको सेवामा लागीपर्नुहुन शुभकामना ब्यक्त गर्दछु” ।
कार्यभार गर्हण गर्नूहुदै वडा प्रमुख केसीले जनताले आफुलाई बिश्वास गरेर जिताएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । साथै आफु जनप्रतिनिधिको हैसियतले जनताको सेवामा अहोरात्र खट्ने बताउनुभएको छ । “उहाँले भन्नुभयो जनताले मलाई अमुल्य मत दिएर जिताउनु भएको छ उहाँहरुका लागी म प्रतेक मतको मुल्य चुकाउने गरी काम गरेर देखाउनेछु” ।
कार्यभार सम्हाले लगत्तै उहाले आफुहरुको पहिलो काम भनेको नगरपालिकाको जग्गामा नगरपालिका निर्माण गर्नेमा पहल गर्ने भएको बताउनुभयो । त्यसपछि वडाका बिभिन्न स्थानमा खानेपानिको सुबिधा पुर्याउने लगाएतका रहेको उल्लेख गर्नुभयो । एक अर्काे प्रसंगमा उहाँले यसपालिको निर्वाचनमा प्रचारप्रसारका लागी आफ्नो खर्च जम्मा १० हजार पनि नभएको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत रोशनीदेबी कार्कीको अध्यक्षता रहको थियो । कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।