नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

मोलुङ गाँउपालिमा एमालेले अग्रता लियो

प्राप्चा, असार १९ ।
मोलुङ गाँउपालिकामा केही समय अगाडी सम्म नेपाली कांग्रेसले बनाएको अग्रतालाई तोड्दै एमालेले अग्रता लिएको छ । मोलुङ गाँउपालिकामा खसेको कुल मत मध्ये करीब ५ हजार मत गणना भै सक्दा गाँउपालिका अध्यक्ष पदमा एमालेले अग्रता लिएको हो ।

घोषित परिणाम मध्ये एमालेका मणिराज राईले २ हजार ४ सय ६८ प्राप्त गरी १ सय ६८ मतले अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका महेन्द्र बहादुर कार्कीले २ हजार ३ सय ५० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका कुल बहादुर खत्रीले भने ३ सय २६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसकी हेम कुमारी तामाङले २ सय ७७ मतले अग्रता कायम गरेकी छन् । कांग्रेसकी तामाङले २ हजार ५ सय ५२ मत पाएकी छन् भने एमालेकी हेम कुमारी धमलाले २ हजार २ सय ७५ । त्यस्तै माओवादी केन्द्रकी अञ्जुला तामाङले ४ सय ६० मत पाएकी छन् ।

ओखलढुङ्गा जिल्लामा रहेको एक नगरपालिका सहित ८ स्थानीय तह मध्ये ६ स्थानीय तहको मत परिणाम सार्वजनीक भै सकेको छ । जसमध्ये नेपाली कांग्रेसले मानेभञ्ज्याङ्ग, चम्पादेवी, सुनकोशी र खिजीदेम्वा गाँउपालिकामा जित हासिल गरिसकेको छ । त्यस्तै नेकपा एमालेले सिद्धिचरण नगरपालिका र माओवादी केन्द्रले चिशंखुगढी गाँउपालिकामा विजय हासील गरिसकेका छन् ।