नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सुनकाेशी गाँउपालिकाकाे प्रमुखमा कांग्रेसका रुद्र अधिकारी विजयी

 

विएन श्रेष्ठ, ओखलढुङ्गा, असार १८ ।
सुनकोशी गाँउपालिकामा कांग्रेसका रुद्र प्रसाद अधिकारी विजयी भएका छन् । ओखलढुंगामा सुनकोशी सगै दुईओटा गाँउपालिकामा कांग्रेसले जित निकालेको छ । यसभन्दा अगाडी चम्पादेवी गाँउपालिकाको प्रमुखमा पनि कांग्रेसले जित निकाली सकेको छ । त्यहा कांग्रेसका नवराज केसी विजयी भएका थिए ।

सुनकोशी गाँउपालिकामा ३ सय ५ मतले आफ्नो प्रतिद्वन्द्वी एमालेलाई पछि पार्दै कांग्रेस विजयी भएको हो । सुनकोशीमा कांग्रेसका अधिकारीले ३ हजार ७ सय २ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका जिवी खड्काले ३ हजार ३ सय ९७ मत पाए । माओवादीकी चम्पा कार्कीले भने ९ सय ३३ मत मात्रै प्राप्त गरेकी छन् ।

उपप्रमुखमा पनि कांग्रेस कै दुर्गा तामाङ विजयी भएकी छन् । तामाङले आफ्नो प्रतिद्वन्द्वीलाई ५ सय भन्दा बढि मतले पछि पार्दै विजय हासिल गरेकी हुन् । उपप्रमुखमा कांग्रेसले ३ हजार ४ सय ८५ मत पाएको छ भने कांग्रेसले २ हजार ९ सय ९ र माओवादी केन्द्रले १ हजार ५ सय ३३ मत पाएको छ ।