नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सिद्धिचरण नपाको मेयरमा एमालेका मोहन श्रेष्ठ विजयी

विएन श्रेष्ठ, ओखलढुङ्गा, असार १८ ।
सिद्धिचरण नगरपालिकामा एमालेका जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठ मेयर पदमा विजयी भएका छन् । सिद्धिचरण नगरपालिका जिल्लाको आठ स्थानीय तहमध्ये एकमात्र नगरपालिका हो । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिल्ली खनाललाई पछि पार्दै मेयरमा विजयी भएका हुन् ।

मेयर श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वीलाई १२६ मतले पछाडी पार्दै विजयी भएका हुन् । श्रेष्ठले ४ हजार ७ सय ३९ मत पाएका थिए भने प्रतिद्वन्द्वी खनालले ४ हजार ६ सय १३ मत पाए । त्यस्तै उपमेयरमा पनि कांग्रेसका हेमालक्षी राईलाई पछि पार्दै एमालेका ईच्छा कुमारी गुरुङ्गले विजय हासिल गरिन् ।

उपमेयरमा एमालेकी गुरुङ्गले ४ हजार ८ सय ३६ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी राईले ४ हजार ४ सय ५७ मत पाईन् । उपमेयर पदमा भने मतको फरक ३ सय ७९ छ ।

सिद्धिचरण नगरपालिकामा रहेको १२ वडा मध्ये एमालेले ७ वडामा विजय भएको थियो । त्यस्तै नेपाली कांग्रेस ४ र माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेका छन् ।