नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लिखु गाँउपालिका वडा नं ३ मा गाेपाल खड्का विजयी

नर्मदेश्वर असार १८

अखलढुङ्गाकाे लिखु गाँउपालिका वडा नं ३ मा अन्तिम मतपरिणाम सार्वजनिक हुदा कांग्रेसका गाेपाल खड्का विजयी भएका छन् । खड्काले एमालेका शंकर प्रसाद ढुङ्गेललाइ ३२ मतले उछिन्दै विजय हासिल गरेका हुन् ।

अध्यक्ष पदमा कांग्रेसका गाेपाल खड्काले ४ सय १९ मत पाएर विजयी भएका छन् । खड्काका प्रतिद्वन्द्वी एमालेका शंकर प्रसाद ढुङ्गेलले ३ सय ८७ मत प्राप्त गरेका छन् । खड्काले लिखु गाँउपालिका वडा नं ३ साविककाे नर्मदेश्वर गाविसकाे विगतकाे २७ वर्षकाे इतिहासलाइ उल्टाइदिएका छन् । नर्मदेश्वर एमालेकाे गढकाे रुपमा लिइदै अएकाे छ ।

वडाका अन्य सदस्यहरुमा भने एमाले विजयी भएकाे छ । यस वडामा अन्य पदका उमेद्वारहरु भन्दा धेरै मत एमालेवाट दलित महिला सदस्य पदकी उमेद्वार केशरी नेपाली ४ सय २४ मत प्राप्त गरेकी छन् ।

घाेषित पछिल्लाे नतिजा अनुसार अध्यक्षमा कांग्रेस १५५१, एमाले २००७, माअाेवादी केन्द्र ७२४ । उपाध्यक्षमा कांग्रेस १२९८, एमाले २०४८, माअाेवादी केन्द्र ८६६ ।