ओखलढुंगाको पछिल्लो मत परीणाम हेर्नुस्
रामहरि श्रेष्ठ १६ असार ओखलढुंगा
ओखलढुंगाको पछिल्लो मतपरिणम अनुसार नगरपालिका सहित १९ वडाको नतिजा सार्बजनिक भैसकोछ । जसमा काग्रेसले ८,एमालेले ८ र माओवादी केन्द्रले ३ वडा जितेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा ५ वडाको मतगणना सकिदा एमालेले चार र काग्रेसले एक वडा जितेको छ ।कार्यलयका अनुसार एमालेले नगरपालिकाको १,२,१० र १२ नं वडा जितेको छ भने काग्रेसले ९ नं वडा जितेको छ । यता मनेभञ्ज्याङ गाउपालिकामा भने वडा नं एक को मतपरीणाम सार्बजनिक भएको छ । जसमा काग्रेसले जितेको छ । त्यस्तै लिखुको ९ नं वडामा एमाले,चिसंखुगढी गाउपालिकाको वडा नं ३ र ५ मा काग्रेस र १,२ र ४ नं वडामा माओवादी केन्द्रले जितेको छ ।
यस्तै सुनकोशी गाउपालिकाको वडा नं १ र २ मा एमाले र १० मा काग्रेसले जितेको छ । यता खिजिदेम्बा १ मा काग्रेस र ९ मा एमालेले जितेको छ भने चम्पादेबीको १ र १० नं वडामा काग्रेसले जितेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । नगरपालिकामा ५ ओटा वाडाको मतपरिणाम आउदा एमाले बाट मेयरका उम्मेद्वार मोहन कुमार श्रेष्ठको २१ सय ७ मत ल्याएर अग्रस्थानमा छन् । भने उपमेयरका उम्मेद्वार ईच्छा गुरुङले २ हजार ३२ मत ल्याउनु भएको छ ।
त्यस्तै नेपाली काग्रेसका डिल्ली खनालले १८ सय १७ मत ल्याउनुभएको छ भने उपमेयका उम्मेद्वार हेमालक्ष्मि राईले १७ सय ७७ मत ल्याएका छन् । यता माओवादी केन्द्रका मेयरका उम्मेद्वार रुपेश शाक्यले ५ सय ५३ मत ल्याएका छन् भने उपमेयरका उम्मेद्वार चन्दाकुमारी शर्मा फुयाललको भने ६ सय ३० मत भएको छ ।
अहिले नगरपालिकाको वडा नं ३ र ६ को मतगणना भैरहको छ ।