नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मत गणनाको पछिल्लो परिणाम आउने क्रम जारी, माओवादी केन्द्रले खाता खोल्यो

विएन श्रेष्ठ, ओखलढुङ्गा असार १५ ।
लिखु गाँउपालिका वडा नं. ९ मा एमालेले अग्रता कायमैे रहेको छ । वडा नं. ९ मा खसेको कुल १३०१ एक हजार तिन सय १ मत मध्ये पछिल्लो पटक घोषित मत परिणाममा पनि एमालेले नै अग्रता कायम गरेको हो ।

गाँउपालिका अध्यक्ष पदमा एमालेका गोविन्द पौडेलले १६१ मत प्राप्त गरी अग्रतालाई कायम राखेका हुन । अध्यक्ष पदको दोश्रो स्थानमा माओवादी केन्द्रका खड्ग योगीलाई पछाडी पार्दै नेपाली कांग्रेसमा आशोक कार्कीले अग्रता लिएका छन् । अध्यक्ष पदमा कांग्रेसका असोक कुमार कार्कीले ११५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका खड्ग योगीले भने ९० मतका साथ पछ्याई रहेका छन् ।
उपाध्यक्ष पदमा पनि चारसय मत गणना गर्दा नेकपा एमालेले नै अग्रता कायम गरेको छ ।

एमालेले उपाध्यक्ष पदमा १५८, माओवादी केन्द्रले ११८ र कांग्रेसले ८७ मत प्राप्त गरेका छन् । लिखु गाँउपालिका वडा नं. ९, साविकको पोकली गाविसमा वडा अध्यक्षका प्रत्यासीहरु मध्ये माओवादी केन्द्रले ११८, एमालेले १५८ र नेपाली कांग्रेसले १०० मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाले ३ मत पाएको छ । गनिएको चारसय एघार मत मध्ये ११ मत बदर रहेको छ ।

चम्पादेवी गाँउपालिकाको पछिल्लो सार्वजनिक मत परिणाम अनुसार वडा नं. १० मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । चम्पादेवी वडा नं. १० को मत गणना अनुसार नेपाली कांग्रेसले ५२, एमाले ३०, माओवादी केन्द्रले २१ मत प्राप्त गरेको छ ।

उता मानेभञ्ज्याङ्ग गाँउपालिका र सिद्धिचरण नगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मानेभञ्ज्याङ्ग गाँउपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले २६९, माओवादी केन्द्रले २३२, एमालेले ४२ र संघिय समाजवादी फोरमले १५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा भने माओवादी केन्द्रले २२५, कांग्रेसले २०९, संघिय समाजवादी फोरमले ९३ र एमालेले ३६ मत प्राप्त गरेको छ ।

चिशंखुगढी गाँँउपालिकामा भने माओवादी केन्द्रले अग्रता कायम गरेको छ । चिशंखुगढी गाँउपालिका वडा नं. १ मा घोषित मत परिणाम अनुसार अध्यक्ष पदमा माओवादी केन्द्रले ४३९, एमाले १३३ र नेपाली कांग्रेसले १०२ मत प्राप्त गरेको छ ।
चिशंखुगढी कै उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।

उपाध्यक्ष पदमा माओवादी केन्द्रले ४०६, एमालेले १८० र नेपाली कांग्रेसले १२५ मत प्राप्त गरेका छन् । चिशंखुढीको घोषित मत परिणाम अनुसार साविकको कुईभिर गाविसवाट माओवादी केन्द्रले खाता खोलेको छ । त्यहा माओवादी केन्द्रका उसक कटवालको प्यानल नै विजयी भएको छ ।

मोलुङमा पनि नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । मोलुङ गाँउपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले ४८, एमालेले ४५ र माओवादी केन्द्रले ५ मत प्राप्त गरेको छ । त्यस्तै उपाध्यक्ष पदमा कांग्रेसले ५८, एमालेले ३७ र माओवादी केन्द्रले ४ मत प्राप्त गरेको छ ।

सिद्धिचरण नगरपालिकामा पनि कांग्रेसले आफ्नो अग्रतालाई कायमै राखेको छ । मेयर पदमा कांग्रेसले ५३५, एमालेले ४८७ र माओवादी केन्द्रले ३२ मत प्राप्त गरेको छ । उपमेयरमा कांग्रेसले ५४०, एमालेले ४८६ र माओवादी केन्द्रले ३५ मत प्राप्त गरेका छन् ।

खिजीदेम्वा गाँउपलिकामा पनि भर्खरै वाट मत गणना सुरु भएको मतगणना स्थलवाट सरस्वती कार्कीले जानकारी दिनुभएको छ ।