नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

लिखु गाँउपालिकामा एमाले, मानेभञ्ज्याङ्ग र सिनपामा कांग्रेसले लियो अग्रता

विएन श्रेष्ठ, ओखलढुङ्गा असार १५ ।
लिखु गाँउपालिका वडा नं. ९ मा एमालेले अग्रता कायम गरेको छ । वडा नं. ९ मा खसेको कुल १३०१ एक हजार तिन सय १ मत मध्ये गाँउपालिका अध्यक्ष पदमा एमालेका गोविन्द पौडेलले ७९ मत प्राप्त गरी अग्रता कायम गरेका हुन । अध्यक्ष पदमा माओवादी केन्द्रका खड्ग योगीले ६२ मतका साथ पछ्याई रहेका छन् । कांग्रेसका असोक कुमार कार्कीले पनि ४६ मत प्राप्त गर्दै पछ्याई रहेका छन् ।

उपाध्यक्ष पदमा भने माओवादी केन्द्रले ७६, एमालेले ७४ र कांग्रेसले ३५ मत प्राप्त गरेका छन् । लिखु गाँउपालिका वडा नं. ९, साविकको पोकली गाविसमा वडा अध्यक्षका प्रत्यासीहरु मध्ये माओवादी केन्द्रले ७७, एमालेले ६९ र नेपाली कांग्रेसले ४२ मत प्राप्त गरेका छन् । गनिएको दुई सय मत मध्ये ६ मत बदर रहेको छ ।

उता मानेभञ्ज्याङ्ग गाँउपालिका र सिद्धिचरण नगरपालिकामा भने नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । मानेभञ्ज्याङ्ग गाँउपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले १२८, माओवादी केन्द्रले १२१, एमालेले २३ र संघिय समाजवादी फोरमले ८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा भने माओवादी केन्द्रले ११८, कांग्रेसले १००, संघिय समाजवादी फोरमले ४८ र एमालेले २० मत प्राप्त गरेको छ ।

सिद्धिचरण नगरपालिकामा पनि कांग्रेसले आफ्नो अग्रतालाई कायमै राखेको छ । मेयर पदमा कांग्रेसले २२८, एमालेले १६५ र माओवादी केन्द्रले ३ मत प्राप्त गरेको छ । उपमेयरमा कांग्रेसले २३० र एमालेले १६४ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा अध्यक्ष पदमा पनि नेपाली कांग्रेसले २३२ र एमालेले १६१ मत प्राप्त गरेको छ । उपमेयर र वडा अध्यक्ष पदमा अहिले सम्म कुनै पनि पार्टीहरुले खाता खोल्न सकेका छैनन् । बाकी अन्य गाउपालिकाहरुको पनि मतगणना कार्य भर्खरै सुरुवात भएको जानकारी निर्वाचन आयोगले गराएको छ ।