ओखलढुंगाको खिजीदेम्बामा १२ बजेपछि मात्र मतगणना ,सिनपामा सर्बदलीय बैठक
रामहरि श्रेष्ठ १५ असार ओखलढुंगा
ओखलढुंगको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा मत गणनाका लागी सर्बदलिय बैठक बसिरहको छ । बिहान ७ बजेबाटै मतगणना गर्ने भनिएको भएपनि दलका प्रतिनिधिहरु नआएपछि ढिलो गरी सुरु भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले बताउनुभयो । जिल्लाका अन्य गाउपालिकाहरुमा भने अहिले धमाधम मतपेटिका ल्याने क्रम जारी गरेको छ ।
भौगोलीक हिसाबले टाढा र दुरदराज भएकाले मतपेटिका ल्याउन ढिलाई भएको बिभिन्न गाउपालिकाका निर्वाचन अधिकृतहरुले बताएका छन् । गाउपालिकाबाट टाढा रहको भुसींगा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी रहेकाले खिजिदेम्बा गाउपालिकामा दिउसो १२ बजेपछि मात्र मतगणना हुने निर्वाचन अधिकृत तारानाथ लुईटेलले बताउनुभयो ।
सुनकोशी गाउपालिकामा भने अहिले सम्म सर्बदलिय बैठकका लागी दलका प्रतिनिधिहरु आएका छैनन् । यता चम्पादेबिमा पनि मतपत्र ल्याउनेक्रम जारी रहेकाले मतगणना ढिला गरी सुरु हुने निर्वाचान अधिकृत होमनाथ भन्डारीले बताउनुभयो । मोलुङमा भने अहिले सर्बदलीय बैठक बसीरहेको निर्वाचन अधिकृत ओमकार न्यौपानेले जानकारी दिनुभयो । ओखलढुंगामा एक नगरपालिका सहित आठ स्थनिय तह रहेका छन् ।