नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगामा मतदान सम्पन्न, ७० प्रतिशत मत खस्यो

निर्वाचन शान्तिपुर्ण

रामहरि श्रेष्ठ ओखलढुंगा
ओखलढुंगामा स्थानिय हतको निर्वाचन शान्तिपुर्ण रुपले सम्पन्न भएको छ । एक नगरपालिका सहित सात गाउपालिका रहको ओखलढुंगामा निर्धारीत समयमै मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । ९१ हजार ५ सय ८ जना मतदात रहको ओखलढुंगामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

अहिले मतपेटि निर्वाचन अधिकृतको कार्यलयमा ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले बताउनुभयो । निर्वाचन ७८ स्थानको १ सय २७ मतदान केन्द्रमा सञ्चालन भएको थियो । यस पटकको निर्वाचनमा ओखलढुंगामा ३ सय ९१ पदका लागी १ हजार २ सय ८२ जना प्रतिनिधि चुनावि प्रतिश्पर्धामा रहेका छन् ।