नेपाली समय Loading...२०८२ असार २० शुक्रबार

ओखलढुंगामा ६६ प्रतिशत मत खस्यो(फोटोसहित)

रामहरि श्रेष्ठ १४ असार ओखलढुंगा
ओखलढुंगामा अहिले धमाधम मतदान भैरहको छ । दिउसो ३ बजे सम्मको अवधिमा ६६ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यलयले जनाएको  छ । एक नगरपालिका सहित सात गाउपालिका रहेको ओखलढुंगामा सौहार्दपुर्ण रुपमा निर्वाचन भैरहेको मुख्य निर्वाचन अधिकारी चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।

मतदान गर्न जादै

बिहान जिल्लाका केहि मतदान स्थलमा सामान्य बिवाद भएको भएपनि अहिले भने सामान्य अवस्थामा मतदान भैरहको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताउनुभयो । जिल्लामा निर्वाचन लक्षित सुरक्षा सर्तकता समेत चुस्त रहेको ओखलढुंगा प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो । “अहिले सम्ममा कही कतैे अप्रिय घटना भएको जानकारी आएको छैन उहाँले भन्नुभयो जिल्लाको अवस्थामा सामान्य छ” । ओखलढुंगामा ३ सय ९१ पदका लागी १ हजार २ सय ८२ प्रतिनिधि चुनावि प्रतिश्पर्धामा रहका छन् । अहिले ७८ स्थानको १ सय २७ मतदान केन्द्रबाट मतदान भैरहेको छ ।

मतदान स्थल

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा २३ वटा स्थानबाट मतदान भैरहको छ । त्यस्तै मोलुङ गाउपालिकामा १४,खिजिदेम्बा गाउपालिकामा १३ र लिखु गाउपालिकामा १४,चिसंखुगढि गाउपालिमा १५ ,सुनकोशि गाउपालिकामा १७ र मनेभञ्ज्याङ गाउपालीकामा १६ स्थानबाट निर्वाचन भैरहको छ ।

मतदान गर्न लाईमा नागरिकहरु

मतदान गरेपछि थकाई मार्दै बृदाहरु

सिद्धिचरण नगरपालिकाबाट १६ हजार १ सय ८२ जना मतदाताले मतदान गरिरहेका छन् । त्यस्तै खिजिदेम्बा गाउपालिकाबाट ९ हजार ५ सय ८१ र लिखु गाउपालिकाबाट १० हजार ५ सय ९६ , मानेभञ्ज्याङ गाउपालिकाबाट १२ हजार २५,चिशंखुगढि गाउपालिकाबाट ९ हजार ५ सय ४७ , चम्पादेबिबाट ११ हजार ५ सय ३१ ,सुनकोशीबाट ११ हजार ८ सय ६५ र मोलुङ गाउपालिकाबाट १० हजार १ सय ८१ जना मतदाताले मतदान गरिरहको निर्वाचन कार्यलयले जनाएको मतदाताले मतदान गरिरहको निर्वाचन कार्यलयले जनाएको छ ।