नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न

ओखलढुङ्गा, असार १४ । ओखलढुङ्गा जिल्लामा रहेका ७८ मतदान स्थलका एक सय २७ मतदान केन्द्रमा मतदान शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ । सामान्य छिटफुट घटना बाहेक जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्लाका मानेभञ्ज्याङ्ग बाहेक सबै गाँउपालिका तथा नगरपालिकामा औषत ७० प्रतिशत मत खसेको पनि कार्यालयले जनाएको छ । मानेभञ्ज्याङ्ग गाँउपालिकामा भने ६७ प्रतिशत मात्रै मत खसेको पनि कार्यालयले जनाएको छ ।

 

                                              मतदान सकिएपछि मुचुल्का उठाउने क्रममा कडा सुरक्षादिदै सुरक्षाकर्मी

                                             कडा सुरक्षाका साथ मतपेटिकालाइ गाँउपालिका तर्फ लगिदै

जिल्लाको चम्पादेवी गाँउपालिका वडा नं. ८ मा भने मतदानको कार्यक्रम सकिएपछि मुचुल्का उठाउने क्रममा केही समय विवाद भएको थियो । मुचुल्का उठाउने क्रममा करीब दुई सय थान मतपत्रको अर्धकट्टी नभेटिएपछि विवाद भएको थियो । तर राजनितिक दलहरुका बिच सहमती भएपछि मुचुल्का उठाएर मतपत्र गाँउपालिका तर्फ लगिएको विलन्दुवाट सामुदायीक सञ्चारकर्मी रणमाया मगरले जानकारी दिनुभयो ।

मतदानको कार्य सकेर सबै गाँउपालिकाहरुवाट मतपत्र रहेको मतपेटिकालाई गाँउपालिका तथा नगरपालिकाका केन्द्रमा लैजानेक्रम सुरु भएको छ । सबे मतपत्र संकलन भैसकेपछि राजनितिक सहमतीका आधारमा मतगणना सुरु गरिने पनि निर्वाचन कार्यालयले जनाएको छ ।

लिखु गाँउपालिकामा कुन वडामा कति मत खस्यो ?

लिखु गाँउपालिका वडा नं. १  सि‌हदेवी                     ५१७

लिखु गाँउपालिका वडा नं. २  सि‌हदेवी                    ६८९
लिखु गाँउपालिका वडा नं. ३  नर्मदेश्वर                    ८७४
लिखु गाँउपालिका वडा नं. ४  यसम                         ७०३
लिखु गाँउपालिका वडा नं. ५  यसम                          ७०८
लिखु गाँउपालिका वडा नं. ६  गाम्नाङ्गटार                  ७३६
लिखु गाँउपालिका वडा नं. ७  गाम्नाङ्गटार                  ८२९
लिखु गाँउपालिका वडा नं. ८   टारकेरावारी              ११८५
लिखु गाँउपालिका वडा नं. ९    पाेकली                     १३०१