नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गामा मतदान सुरु

ओखलढुङ्गा, असार १४ ।
ओखलढुङ्गामा पनि दोश्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचन सुरु भएको छ । जिल्लाका एक सय २७ मतदान केन्द्र मार्फत मतदान सुरु भएका छन् । जिल्लाका उत्तरी भेगमा केही समय ढिला गरि मतदान सुरुवात भएका छन् । पानी परेका कारण केही समय ढिलाई भएको बताईएको छ । आज ओखलढुंगामा ४६ हजार ६ सय ९५ महिला र ४४ हजार ८ सय १३ गरी कुल ९१ हजार ५ सय ८ जनाले मतदान गर्दैछन् ।

मतदानको अनुगमन तथा पर्यवेक्षणका लागि जिल्ला वन कार्यालय ओखलढुङ्गका जिल्ला वन अधिकृत विरेन्द्र शाहको टोली पनि लिखु गाँउपालिकामा आईपुग्नु भएको छ । त्यसैगरि नियोक लगायत अन्य स्वतन्त्र संस्थाहरुले पनि निर्वाचनको पर्यवेक्षण गरिरहेका छन् ।

मतदान फाेटाे फिचरमा