नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मौन अवधिमा पनि उम्मेदवारहरु भोट माग्न घरदैलोमा

ओखलढुङ्गा, असार १२ ।
असार १४ गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु भएपनि उम्मेदवारहरुले आचारसंहिता विपरित भोट मागेका छन् । गोप्य रुपमा घरमुलीलाई भेट्ने र आफ्नोप कुरा राख्न ओखलढुङ्गाका स्थानीय तहका विभिन्न पदका उम्मेदवारहरु लागि परेका छन् ।

गएको राती १२ बजेदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारले तामझामका साथ गरिरहेको चुनाव प्रचार प्रसारलाई भने ठप्प बनाएका छन् । आचार संहिताका कारण प्रचार–प्रसार गर्न नपाइने भएपछि उम्मेदवारहरु यतीखेर मतदाताको घर–घर चहारिरहेका छन् ।

‘बिहानैदेखि कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु आएर भोट मागेका माग्यै छन्,’ लिखु गाँउपालिका वडा नं. ३ का स्थानीय कृष्णमाया ढुंगेलले भन्नुभयो । उहाँले भन्नुभयो, ‘पहिला बाटोमाआफुले बोलाउदा फर्केर पनि नर्हेने नेताहरु अहिले नमस्कार गर्दै गोप्य रुपमा भोट माग्न आएका छन्।’ उहाँको गुनासो छ यो नेताहरुले गर्ने नमस्कार १४ असार सम्मलाई त हो, बाकी दुख त आफै सग छदैछ ।

विशेष गरेर जिल्लामै काङग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुलाई सकस परेको छ । चुनाव हार्नु हुँदैन भन्ने मान्यताका साथ तीन पार्टीका उम्मेदवारहरु टोल तथा बस्तीमा रहेको लिडर, घरमुली र प्रभावशाली व्यक्तिलाई भेटेर मतदाता आफ्नाे पक्षमा पार्न लबिङ्ग गरिरहेका छन् । तर विगतमा जस्ताे चुनाव नभएकाेले यसपटककाे स्थानीय तहकाे चुनावमा कसलाइ भाेट दिने हाे भनेर अाफुहरुले छनाैट गरिसकेकाे स्थानीय नागरिकहरुले बताउने गरेका छन् ।