ओखलढुंगाबाट तीन महिला प्रमुख पदमा चुनाव लड्दै
रामहरि श्रेष्ठ असार १० ओखलढुंगा
आसन्न स्थानीय तह निर्वाचनमा ओखलढुंगाबाट तीन जना महिला उम्मेद्वार गाउँपालिका प्रमुखको पदमा चुनाव लड्दैछन् । नेकपा माओवादी केन्द्रबाट एकजना, क्रान्तिकारी माओवादीको जन गणतान्त्रिक चुनावी मोर्चाबाट एक जना र संघीय समाजबादी फोरमबाट एकजना चुनावी मैदानमा छन् ।

मानेभञ्ज्यांग गाउापालिका प्रमुख श्याममाया राई , सुनकोशी गाउँपालिका प्रमुख चम्पा काकी , खिजीदेम्वा गाउँपालिका प्रमुख पेमडोमा शेपा
माओवादी केन्द्रबाट सुनकोशी गाउँपालिका प्रमुखमा चम्पा कार्की, क्रान्तिकारी माओवादीको चुनावी मोर्चाले दलगत चिन्ह नपाएकाले खिजीदेम्वा गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार पेमडोमा शेर्पा र संघीय समाजवादी फोरम नेपालबाट मानेभञ्ज्यांग गाउापालिका प्रमुखमा श्याममाया राई उम्मेदवार हुनुभएको हो ।
ओखलढुंगामा तीन ठूलादलहरुले प्रमुद पदहरुमा महिलालाई प्रथामिकता दिएका छैनन् । आफु प्रमुख नेतृत्वका लागी सक्षम रहको भएपनि पार्टिले मान्यता नदिएको महिलाहरुको गुनासो छ ।