नेपाली समय Loading...२०८२ भाद्र ५ बिहीबार

पहिरोका कारण सडकखण्ड भत्किदा यतयात अबरुद्ध

रामहरि श्रेष्ठ १० असार ओखलढुंगा
ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ जिबिस टोल क्षेत्रको सडक खण्डमा पहिरो जाँदा यतयात अबरुद्ध भएको छ । जिबिस बसपार्कबाट रमाईलोडाडा आउने सडक खण्डमा पहिरो जादाँ यातयात अबरुद्ध भएको हो ।

सडक मुनी पेट्रोल पम्प निमार्णका लागी घडेरी खनिएको स्थानमा माथिबाट पहिरो खसेको छ । पेट्रोल पम्प स्थानिय योगेश्वर राजभन्डारीले निमार्ण गर्न लागेका हुन् । पहिरोका कारण जिबिस बसपार्कबाट रमाईलोडाँडा हुदै काठमाण्डौ र काठमाण्डौबाट सिधै जिबिस बसपार्क जाने ठुला सवारी साधन रोकिएका छन् ।

जिप लगाएतका साना सवारी साधनहरुलाई भने बिच बजार हुदै पठाइएको छ । अहिले सो स्थानमा पहिरोबाट थप क्षेती नहोस् भनि माथीबाट त्रिपाल ओढाईएको छ ।  तर पनि पहिरो गएको स्थानमा माटो खस्ने क्रम जारी रहेकाले यसै भन्न नसकिने स्थानियको भनाई छ ।

 पहिरो गएको सडक माथी रहेका घरका बासिन्दाहरु भने त्रसित रहेका छन् ।  पेट्रोल पम्पका लागी सडक मुनि खनिएको घडेरी कै कारण पहिरो गएको स्थानियले बताएका छन् ।