नेपाली समय Loading...२०८१ चैत्र २८ बिहीबार

ओखलढुंगाका राजनितिक दलहरुको घरदैलो अभियान जारी

रामहरि श्रेष्ठ १० असार ओखलढुंगा
आगामी असार १४ गते हुने स्थानिय तहको निवार्चनका लागी ओखलढुंगाका राजनीतिक दलहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । घरदैलो अभियन तथा सभाका लागी जिल्ला भित्रका ठुला राजनीतिक दलहरुबिच केन्दि«य नेताहरु ल्याउने होडबाजीनै चलेको छ ।

मुख्य तिन दल नेपाली काँग्रेस ,नेकपा एमाले र माओवादी केन्द्रमा केन्द्रिय नेताहरु ल्याउने होडबाजी नै चलेको देखिन्छ । नेकपा एमालेले केन्द्रिय महासचिव ईश्वर पोखरेल सहित एक दर्जन केन्द्रिय नेताहरु जिल्लामा बोलाएका छन् । त्यस्तै नेपाली काँग्रेसले पनि केन्द्रिय सदस्य मिन विश्वकर्मा र गुरु घिमिरेलाई जिल्लामा झिकाएका छन् ।

नेकपा माओवादी केन्द्र ओखलढुंगाले भने चार जना पोलिटब्यूरो सदस्य जिल्लामा झिकाएको छ । तिनै दलले चुनावी सभालाई शक्ति प्रदर्शन र आफ्नो शक्तिको मापकका रुपमा प्रस्तुत गरेका छन् । जिल्लाका साना भनिएका दलहरुले पनि चुनावि अभियानलाई तिब्र पारेका छन् । ओखलढुंगामा आगामी निर्वाचनका लागी १३ राजनीतिक दलबिच प्रतिश्पर्धा हुनेछ ।

जसमा १० दल पार्टिगत र ३ स्वतन्त्र रुपमा चुुनावमा उत्रने छ । जिल्लामा चुनावि सरगर्मी बढेसंगै जिल्ला बाहिर रहेका मतदाताहरु समेत घर फर्कन थालेका छन् भने राजनीतिक दलहरु पनि जनताको घरदैलोमा गएर मतदाता भेटघाट कार्यक्रममा ब्यस्त रहेका छन् ।