नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खिजिदेम्वा गाँउपालिकामा देशभक्त जनगणतान्त्रिक मोर्चालाई चुनाव चिन्ह फिल्टर र जस्ता

ओखलढुङ्गा, असार ९ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फवाट उमेदवारी दिएका गाँउपालिकाका अध्यक्ष पदका उमेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह क्यामेरा उपलब्ध गराएको छ ।

खिजिदेम्वा गाँउपालिकामा भने निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फवाट चुनावमा उमेदवारी दिएका छुट्टै चिन्ह उपलब्ध गराएको छ । त्यहा गाँउपालिकाका प्रमुख अध्यक्ष पदका उमेदवारलाई फिल्टर र उपप्रमुख तथा उपाध्यक्ष पदका उमेदवारलाई जस्ता चुनाव चिन्ह उपलब्ध गराएको छ ।


खिजिदेम्वा गाँउपालिकाको अध्यक्ष पदका उमेदवार पेमडोमा सहिद परिवार समाज ओखलढुङ्गाका अध्यक्ष तथा अन्तपाटी महिला सञ्जाल जिल्ला समिति ओखलढङ्गाका सल्लाहकार सदस्य समेत हुन् ।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तर्फवाट स्थानीय तहमा स्वतन्त्र उमेदवारी दिएको छ । स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गरौ भन्ने मूलनाराका साथ कतै एकल तथा कतै संयुक्त मोर्चा बनाएर चुनावमा उमेदवारी दिएको छ ।