नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पात्लेमा एमाले र कांग्रेसका कार्यकर्ता बिच झडप, तीन घाईते

ओखलढुंगा, असार ८ । ओखलढुंगाको पात्लेमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता बिच झडप भएको छ ।  ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेमा बिहीबार बिहान एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएको हो । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित अन्य दुई जना घाइते भएका छन् । झडपमा परि कांग्रेसका पनि केही कार्यकर्ता घाईते भएको  जनाइएको छ ।

कांग्रेसका उम्मेदवारले टाँसेको प्रचार सामाग्री एमाले कार्यकर्ताले च्यातेको आरोपमा आरोपमा झगाडा भएको हो । आफ्नो पार्टीको प्रचार सामाग्रीलाई एमालेले च्यातेको भन्ने विषयलाई लिएर कांग्रेस वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको एमालेले जनाएको छ । तर कांग्रसले भने चुनाव प्रचार प्रसारका क्रममा एमालेको टोलीले आक्रमण गरेपछि झगडा भएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक टिका कार्कीले आफूले थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल तर्फ पठाएको बताउनुभयो ।  चुनावको मिति नजिकए सगै जिल्लाका विभिन्न स्थानहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरु बिच विवाद तथा  झडपको क्रम बृद्धि हुन थालेको छ ।