नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

देशभक्त जनगणतान्त्रिक मोर्चालाई चुनाव चिन्ह क्यामेरा

ओखलढुङ्गा, असार ७ ।
स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फवाट उमेदवारी दिएका गाँउपालिकाका अध्यक्ष पदका उमेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह क्यामेरा उपलब्ध गराएको छ ।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तर्फवाट स्थानीय तहमा स्वतन्त्र उमेदवारी दिएको छ । स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गरौ भन्ने मूलनाराका साथ कतै एकल तथा कतै संयुक्त मोर्चा बनाएर चुनावमा उमेदवारी दिएको छ ।

खिजिदेम्वा गाँउपालिकाका अध्यक्षपदका स्वतन्त्र उमेदवार पेमडाेमा शेर्पा

 

देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फवाट स्वतन्त्र उमेदवारी दिएका गाउपालिकाका अध्यक्ष पदका उमेदवारहरुलाई चुनाव चिन्ह क्यामेरा र वडा अध्यक्ष पदका उमेदवारहरुलाई मुठ्ठी उठाएको चुनाव चिन्ह निर्वाचन कार्यालयले उपलब्ध गराएको छ । ओखलढुङ्गाको एक नगरपालिका र सात गाउपालिका सहित आठ स्थानीय तहका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फवाट पाँच स्थानमा गाउपालिका प्रमुख पदमा र नौ स्थानमा वडा अध्यक्ष पदमा उमेदवारी दिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फवाट चिशंखुगढी गाउपालिकामा तेञ्जिङ शेर्पा, मोलुङ गाँउपालिकामा रुद्र कुमार फुयाल, खिजिदेम्वा गाँउपालिकामा पेमडोमा शेर्पा, लिखु गाँउपालिकामा रामचन्द्र पौडेल र चम्पादेवी गाँउपालिकामा निर्माण कुमार कार्कीले उमेदवारी दर्ता गरेका छन् ।