नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

चुनाव वहिष्कार गर्ने विप्लब माओवादी चुनावी मैदानमा, ‘वर्ग दुस्मन’सँग तालमेल

रोल्पा, असार ५ ।
हामी सबैले सुन्दै आएको एउटा नेपाली आख्यान छ, युद्ध र प्रेले मात्रै सबै कुराको सम्भव छ । तर त्यो मात्रै हैन रहेछ कि, राजनीतिमा पनि सबैथोक सम्भव हुँदोरहेछ । उमेद्वारी दर्ताको बेला कपिलवस्तुमा बम विस्फोट गराएको आरोप खेपिरहेको विप्लव समूहले आइतबार रोल्पाको थवाङमा उम्मेदवारी दर्ता गरायो, त्यो पनि आफैंले ‘वर्गदुश्मन’ मान्दै आएको नेपाली कांग्रेससँग तालमेल गरेर ।

रोल्पामै आइतबार दोस्रो रोचक दृश्य देख्न पाइयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य भइसकेका व्यक्तिले गाउँपालिका अध्यक्षमा उम्मदेवारी दिए, त्यो पनि पार्टीको आधिकारिक नभएर बागी उम्मेदवारका रुपबाट । तर, स्वतन्त्र हैन, नेकपा मालेसँग चुनावचिन्ह सापटी मागेर ।

रोल्पामा तेस्रो रोचक घटना चाँहि जिल्लाको माडी गाउँपालिकामा देखियो, जहाँ कांग्रेस र एमालेले चुनावी तालमेल गरे ।

थवाङमा विप्लव समूह र कांग्रेसवीच तालमेल

यसलाई रोचक प्रशंग नै मान्नुपर्ने हुन्छ कि देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा भने कांग्रेससँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ । नेकपाको विप्लब समुहले नेपाली कांग्रेसलाई आफ्नो वर्ग दुस्मनको रुपमा लिदै आएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अमित घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । अमित नेकपाको युवा संगठन जनस्वंसेवक ब्यूरोको थवाङ प्रमुख हुन् । तर, विप्लवको पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले घर्तीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसले अध्यक्ष पदमा विप्लव समूहका अमितलाई समर्थन गर्दै उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ । यो तालमेल सगै नेपाली कांग्रेसले विप्लब समूहलाई चुनावी मैदानमा ल्याउने आफुहरुको प्रयास सफल भएको भन्दै गर्व गरेको छ ।

थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्षको उम्मेदवार छन् । त्यसैगरी माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ले अध्यक्षमा र रामकिरणी रोकामगरले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

तर, विप्लवकै बागी

रोल्पाको राजनीतिमा देखिएको अर्को रोचक घटना के छ भने रोल्पाको माडी गाउँपालिकामा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ ।देशभरिमा एक ठाउँ उम्मेदवारी दिएको विप्लव समूहमै बागी आइलागेका छन् । त्यहाँ भक्तबहादुर घर्तीले पनि स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी अमितका बागी हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका घर्ती साहस उपनामबाट चिनिने विप्लव समूहका स्थानीय नेताका छोरा हुन् । यद्यपि विप्लव समूहको आधिकारिक उम्मेदवार भने अमित नै हुन् ।

तर, भक्तबहादुरले माओवादी केन्द्रको उक्साहटमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी फिर्ता गराउने विप्लव समूहका स्थानीय नेताले बताएका छन् ।

थवाङ माओवादीको उदगम थलो हो । रोल्पाको ऐतिहासिक थवाङ गाउँपालिकामा मिरुल, उवा र थवाङ गाविस समेटिएका छन् । गाउँपालिकाको केन्द्र थवाङ नै तोकिएको छ ।